Friday, July 18, 2025
राशिफलअसार १० गते देखी असार १६ गतेसम्मको साप्ताहिक राशिफल

असार १० गते देखी असार १६ गतेसम्मको साप्ताहिक राशिफल

spot_img

असार १० गते देखी असार १६ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो सातामा रोकिएको धन पनि हात पर्न सक्छ । खानपानकाे अनियमितताले स्वास्थ्य बिग्रन सक्छ। तापनि, सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। शत्रु र राेगबाट छुटकारा मिल्नेछ। साेमवारदेखि पहिलेकाे स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। राेकिएका काम बन्नाले नयाँ कर्मतर्फ अग्रसर भइनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। आफन्तसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन पनि कसिलाे हुनेछ। सप्ताहान्तमा कामकाे चाप बढ्नाले स्वास्थ्य कमजाेर बन्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

- Advertisement -

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

यो साता चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । सुरुमा पारिवारिक उल्झनले काम राेकिन सक्छ। ईर्ष्या गर्नेहरूबाट अवरोध हुनेछ। साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै परिस्थिति अनुकूल बन्नेछ। अध्ययनमा प्रगति हुनेछ। आफ्नो अभियानमा धेरैले साथ दिनेछन्। देश–विदेशसम्मै रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। बुधवार र बिहीवार प्रतिस्पर्धीहरूबाट काममा राेकावट हुने र फजुल खर्च बढ्ने सम्भावना छ, सजग रहनुहाेला। सप्ताहान्तमा मन मिल्ने साथी भेटिनुका साथै मित्रता र प्रेमकाे बन्धन कसिलो हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। नयाँ योजना कार्यान्वयन हुनेछ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

यो सातामा लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । सुरुमा आफ्नाे काम खस्किने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। नियमित काम सम्पादन भए पनि घरेलु समस्या र पुरानाे वादविवाद सुल्झाउन निकै मिहिनेत गर्नुपर्ला। आफन्तसँग मतभेद बढ्न सक्छ, सजग रहनुहाेला। बुधवारपछि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। असम्भव काममा समेत युक्तिले सफलता दिलाउनेछ। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र मिहिनेतले मनग्य आम्दानी दिलाउनेछ। सप्ताहान्तमा शत्रुपक्षलाई हराउन सकिनेछ। दिगो योजना पूर्ण हुनेछ। नाम, दाम र इनाम पनि हातलागी हुनेछ। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता बोलीको प्रभाव बढ्दै जानेछ । मिहिनेत गर्दा साता फलदायी रहनेछ। साताभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम थालनी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नाेकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ। मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। बुधवार र बिहीवार भने घरायसी समस्याले अल्झाउन सक्छ। सप्ताहान्तमा अवसरले पछ्याउनेछन्। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी गर्न सकिनेछ। बोलीको प्रभाव एवं तर्कशक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। व्यापारमा मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। बुधवारदेखि अवसरवादीहरूबाट अलि सावधान रहनुहोला। काममा आफ्नैबाट धोका हुनेछ, योजना सार्वजनिक नगर्नुहोला। पारिवारिक उल्झनले पनि काम राेकिने सम्भावना छ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

यो साता व्यर्थको यात्रामा जान बाध्य भइएला । प्रारम्भमा खर्चिलाे काम गर्नुपरे पनि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मानसम्मान प्राप्त हुनेछ। बुधवार र बिहीवार वादविवादले झमेला निम्त्याउन सक्छ। खर्च बढ्नाले आर्थिक पक्षसमेत कमजाेर हुनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएको काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको दर्शन गरी आफ्नो कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रारम्भमा मनग्य आम्दानी भए पनि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। परिस्थिति अध्ययन नगरी खर्चिलाे काम थाल्नाले अर्थ अभाव देखापर्न सक्छ। समस्या सुल्झाउन कर्जा लिनुपर्ला। बेलामा होस नपुर्याउँदा चुनौती सामना गर्नुपर्ला। केही समयका लागि आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आगन्तुकहरूले अलमल्याउन सक्छन्। अवसर आए पनि कर्म साधनामा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। व्यापार बढ्नेछ र प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता मानको डर हराएर जानेछ । प्रारम्भमा केही उल्झन देखिए पनि कामकाे प्रतिफल प्राप्त हुनेछ। व्यापार बढ्नेछ र मनग्य आम्दानी हातलागी हुनेछ। तर कर्जा चुक्ता गर्न खर्चनुपर्ने हुन सक्छ। उठ्नुपर्ने रकम प्राप्त हुनाले पहिलेकाे समस्या टर्नेछ। बुधवारदेखि खर्चिलाे काम गर्नुपर्ने स्थिति आउन सक्छ। खर्च बढ्नाले अर्थ अभाव भइरहनेछ। काम बिग्रने भयले पनि सताउनेछ। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा शुभचिन्तकहरूकाे सहयाेग जुट्नेछ र अप्ठ्याराे काम समेत सम्पादन हुनेछ। पारिवारिक भेटघाटले मनकाे बाेझ पनि हलुका हुनेछ। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

यो साता रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रारम्भमा केही उल्झन देखिए पनि हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न नसकिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। लगानीतर्फ धेरै रकम जुटाउनुपरे पनि दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लगनशीलताले कीर्तिमानी समेत दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर खर्चिलो कामले व्यवहारमा धेरै पटक बाधा पुर्याउनेछ। सप्ताहान्तमा आफन्तबाट टाढिनुपर्ला। टाढाका साथीभाइ नजिकिन सक्छन्। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साताको सुरुमा मन खिन्न हुने स्थिति आउनेछ । प्रारम्भमा स्वास्थ्य कमजाेर रहनुका साथै खर्च बढ्नाले अर्थ अभाव देखिएला। केही अप्ठ्यारा कामको बोझ उठाउनुपरे पनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ। पहिलेकाे उपलब्धिले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। पुराना कामको चर्चा हुनेछ भने नयाँ काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना थाल्न सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। बुधवार र बिहीवार घरायसी काम बिग्रनाले केही समस्या पर्न सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र पेसातर्फ मनग्य आम्दानी हातलागी हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

यो साता विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला । पहिलाे दिन रमाइलाे देखिए पनि मंगलवारसम्म काम बिग्रनाले समस्या पर्न सक्छ। स्वास्थ्य कमजाेर बन्नेछ र अर्थ अभावले पनि सताउने सम्भावना छ। अप्ठ्याराे समयमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। नजिकका साथीभाइसमेत टाढिन सक्छन्। बुधवारदेखि स्थितिमा सुधार आउनेछ र राेकिएका काम पनि बिस्तारै सम्पादन हुनेछन्। आध्यात्मिक चिन्तनले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। परिस्थिति अनुकूल बन्नाले नयाँ कामतर्फ अग्रसर हुने मौका जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

यो साता शुभकार्यको चर्चा पनि चल्नेछ । प्रारम्भमा चुनौती देखिए पनि साेमवारदेखि आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बुधवार र बिहीवार भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने रकम बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै भाग्यले साथ दिनेछ। पुरानाे समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा हातपार्न सकिनेछ। नयाँ काम थालनी हुनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग कालो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img