Wednesday, February 12, 2025
राशिफल२०८० भाद्र २४ गतेदेखी ३० गतेसम्मको साप्ताहिक राशिफल

२०८० भाद्र २४ गतेदेखी ३० गतेसम्मको साप्ताहिक राशिफल

२०८० भाद्र २४ गतेदेखी ३० गतेसम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोकिएका काम बन्नाले साताकाे प्रारम्भ उत्साहजनक रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । उपहार पाइनसक्छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। साेमवारदेखि परिवारमा असमझदारी बढ्नाले केही समस्यामा परिनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पनि पछि परिनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरीमा पनि सुधार हुनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पहिलाे दिन विवादास्पद काम गर्नुपरे पनि सोमवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्या देखिने हुँदा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। सप्ताहान्तमा भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताकाे प्रारम्भ रमाइलो रहनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। खानपान र पहिरनको सोखले खर्च भने बढाउन सक्छ। आत्मसम्मानका लागि मौन रहनुहोला। साेमवारदेखि समय केही संघर्षमय रहनेछ। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धेरै बोल्ने बानीले विवाद निम्त्याउनेछ। हिम्मत गर्दा व्यावहारिक चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजनाहरू भने गोप्य राख्नुहोला। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग निलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गा भवानीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक काममा व्यस्त हुने समय रहेको छ । साता केही उतारचढावमय रहनेछ। प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। कामले थकित तुल्याउनेछ। साेमवादेखि पारिवारिक भेटघाटले रमाइलो माहोल रहनेछ। विगतका कमजोरी सच्याउन सकिनेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुधवार र बिहीवार वादविवादमा परिएला। पहिलेका कमजोरी बाहिर आउनाले आलोचकहरू बढ्न सक्छन्। फजुल खर्च पनि बढ्ने समय छ। सप्ताहान्तमा भने स्थितिमा सुधार आउनाले प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जोशजाँगर र हिम्मत बढ्नेछ । साताकाे सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। सोमवारदेखि यात्रा तथा किनमेलमा खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। बुधवारदेखि आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलता मिल्नेछ तर सप्ताहान्तमा वादविवादमा परिएला। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पढाइ लेखाइमा प्रगति हुनेछ सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरीमा पद प्राप्ति हुनेछ भने व्यवसायमा लाग्नेहरूको प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। पेसा–व्यवसायमा नयाँ काम प्रारम्भ हुनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। तापनि पछिका लागि केही खर्च गर्नुपर्ने परिस्थिति रहनेछ। भाैतिक साधन जुटाउन ऋण–कर्जा लिनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा रमाइलाे पारिवारिक भेटघाट हुनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रारम्भमा केही विवादास्पद काममा जुट्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। पेसा–व्यवसायमा राम्राे उपलब्धि प्राप्त हुनेछ। तारिफयाेग्य काम गर्दै थप अवसर हातपार्न सकिनेछ। व्यापार बढ्नाले मनग्य आम्दानी हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रयत्न गर्दा नयाँ कामतर्फ लगानी बढाउन सफल भइनेछ। नोकरीमा अवसर पाइनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। सक्छ। सप्ताहान्तमा खर्च बढ्नेछ र दाैडधुपमा समय बित्नेछ। आफन्तबाट टाढा भइनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक कार्यमा प्रगति हुँदै जानेछ । प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। तापनि अवसर पाइनेछ र सहयाेगीहरूले साथ दिनेछन्। कामकाे सन्दर्भमा अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइने सम्भावना छ। अवसर प्राप्त भए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहाेला। पेसा–व्यवसायमा केही उल्झन हुनेछ। तापनि मिहिनेतले फाइदा दिलाउनेछ। श्रम परे पनि आम्दानीका स्रोतहरू बढ्नेछन् र धन संग्रह हुनेछ। सप्ताहान्तमा सञ्चित कर्मफल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर सोमवारदेखि केही समस्यासँग जुध्नुपर्ला। धनमाल हराउने र काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। बुधवारदेखि स्थितिमा केही सुधार आउनेछ। रोकिएको काम बन्नाले नयाँ काम सुरु हुनेछ। प्रयत्न गर्दा सप्ताहान्त उपलब्धिमूलक रहनेछ। नयाँ काम थालनी हुनेछ र लक्ष्यमा पुग्न सफल भइनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गर्नाले राम्रो हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। मिहिनेतले आर्थिक पक्ष पनि सबल बन्नेछ। तर साेमवारदेखि केही उल्झन देखापर्न सक्छन्। वादविवादले पुरानाे सम्बन्ध भने कमजाेर बन्नेछ। अरूको स्वार्थमा उपयोग भइनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। बुधवारदेखि स्वास्थ्य कमजाेर हुने, खर्च बढ्ने र काम राेकिने सम्भावना छ। आफ्नो क्षेत्राधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि व्यवहार चल्नेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा केही व्यवधान देखिए पनि बुद्धिले समस्या सुल्झाउन सकिनेछ। अध्ययनमा त्यति समय दिन नसकिए पनि रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। खर्च लागे पनि भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यावसायिक यात्राको योग छ। मिहिनेतले नाम, दाम र इनाम कमाउन सकिनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर रहनेछ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। खानपानकाे असावधानीले स्वास्थ्य कमजोर हुनेछ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी समेत एक्लै वहन गर्नुपर्ने हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा काममा धोका पाइनेछ। यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग खैरो वा हल्का पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस