Tuesday, March 18, 2025
राजनीतिसामाजिक सद्भाव भड्काउने कार्य गरिरहेकोभन्दै महेश बस्नेतको आक्रोस

सामाजिक सद्भाव भड्काउने कार्य गरिरहेकोभन्दै महेश बस्नेतको आक्रोस

सुनसरी / नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पहिचानवादीको नाममा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आङ्काजी शेर्पा, हर्क साम्पाङलगायतले कोशी प्रदेशमा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने कार्य गरिरहेकोमा आक्रोस पोखेका छन् ।

राष्ट्रिय युवा संघ नेपालद्वारा ‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता, गतिशीलता’ भन्ने नाराका साथ आज आयोजना गरिएको कोशी प्रदेश कमिटीको प्रथम ऐतिहासिक प्रदेश अधिवेशनको खुल्ला सत्रमा बोल्दै पहिचानवादीको नाममा यिनिहरूले कोशी प्रदेशमा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने कार्य गरिरहेकोमा आक्रोस जनाउँदै उहाँले धार्मिक तथा सामाजिक सद्भाव भड्काउँदै अराजकता निम्त्याउन खोज्ने अराजक तत्वहरुसँग राष्ट्रिय युवा संघ चुप लागेर बस्न नसक्ने चेतावनी दिए ।

नेता बस्नेतले नेपालीको पहिचान अनुसार नै कोशी प्रदेश नामाकरण गरिएको उल्लेख गरेका हुन् । नेकपा एमालेको प्रस्तावमा प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएको स्पष्ट पार्दै कोशी प्रदेशले समग्र कोशीवासी जातजाती, धर्म तथा संस्कृतिको पहिचान समेट्ने दावी गरे । नेपालीको पहिचान नै वीरता र वौद्धिकता रहेको इतिहासका आधारमा राखिएको कोशी प्रदेशको नामलाई कसैले मेट्न नसक्ने उद्घोष टिप्पणी गरे ।

अबका दिनमा एमालेको पहिचान भनेको नै समृद्धिको रहेको उहाँले स्पष्ट पारे । उनले भने , ‘नेपालीको पहिचान नै वीरता, वौद्धिकता रहेको छ । यो पहिचान कसैले मेट्न खोज्छ भने मेटिनेवाला छैन । अबको पहिचान भनेको वर्गीय रुपमा पछाडी परेको, आर्थिक रुपमा पछाडी परेको समुदाय, पछाडी परेको समुदायलाई स्थान दिँदै समृद्धि नै एमालेले चाहेको पहिचान हो ।

संसारका सवैभन्दा अग्लो हिमाल सगरमाथा तथा संसारकै होचो केचना समेत कोशी प्रदेशमा नै पर्ने भएकाले उक्त पहिचान कोशीवासी आम नागरिकको हो । कोशी संसारको पुरानो र उत्कृष्ट सभ्यता रहेको उल्लेख गरे ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img