Friday, January 17, 2025
राशिफलपुस १ गतेदेखि ७ गते सम्मको साप्ताहिक राशिफल

पुस १ गतेदेखि ७ गते सम्मको साप्ताहिक राशिफल

पुस १ गतेदेखि ७ गते सम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो साता चन्द्रमाले दशम, एकादशी र द्वादश स्थानको गोचर गर्नेछन् । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। बिचमा आयआर्जनका क्षेत्रमा केही वादविवाद आउन सक्छ। तापनि पछिका लागि काम गर्न सकिनेछ। मिहिनेतले केही उपलब्धि हात पार्न सफल भइनेछ। बुधवार र बिहीबार फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। रकम जुटाउन केही समय लागे पनि यात्राको साइत जुर्न सक्छ। सप्ताहान्तमा आर्थिक स्थिति अनुकूल बन्नेछ। चिताएको काम बन्नुका साथै सुखद समाचार प्राप्त हुनेछ। यी दिनहरूमा कुनै पनि महत्त्वपूर्ण कार्यको सुरुवात नगर्नु उत्तम हुनेछ ।  यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभ कर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि यो साता उत्तम रहनेछ । यो साता चन्द्रमाले तपाईँको नवम, दशम र एकादशी भावमा गोचर गर्नेछन् । यो साता तपाईँको व्यस्तता बढ्नेछ । परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। नोकरी गर्नेहरूका लागि साता सफल रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ । सुख दुखमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइमा प्रतिकुल समय देखिन्छ । मन चञ्चल भएर पढाइमा ध्यान केन्द्रित नहुन सक्छ । सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।   यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो हो । कुनै शुभ कर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो साता चन्द्रमा ले तपाईँको अष्टम, नवम, र दशम स्थानमा गोचर गर्नेछन् । समग्रमा मिथुन राशिका लागि यो साता मिश्रित रहेको छ । व्यर्थमा मानसिक चिन्ता बढ्न सक्नेछ । स्वास्थ्य कमजोर हुने एवं नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । बुधवार देखि चन्द्रमाको गोचर भाग्य स्थानमा हुने हुनाले अवस्थामा सुधार हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा तपाईँको रुचि बढ्नेछ । तपाईँको परिश्रमको उचित मूल्य प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ र धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछ भने स्वास्थ्य अवस्था पनि सकारात्मक रहनेछ। परिवारमा सामान्य विवादहरू देखिन सक्नेछन् । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक रूपमा आइतबार र सोमबार भने कमजोर दिनहरू रहेका छन् । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभ कर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता चन्द्रमाले तपाईँको राशिबाट सप्तम स्थान, अष्टम, र नवम भावको गोचर गर्नेछन् । प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। सोमबारदेखि केही अप्ठ्यारा कामको बोझ थपिन सक्छ। स्वास्थ्यका लागि खानपान र आराममा ध्यान पुर्‍याउनुहोला। परिस्थितिवश सङ्घर्षको मार्ग रोज्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। शुभचिन्तकहरूको सहयोग जुट्नाले बिस्तारै काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ। लगनशीलताले लक्ष्यमा पुर्‍याउन सक्छ। विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ।   यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता चन्द्रमाको गोचर तपाईँको राशिबाट षष्टि, सप्तम र अष्टम भावमा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । राजनैतिक तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले मानसम्मान र इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । साताको उत्तरार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभ कर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता चन्द्रमाको गोचर तपाईँको राशिबाट पञ्चम , षष्टि र सप्तम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईँको मन जानेछ । उच्च स्तरमा बौद्धिक व्यक्तित्वहरू सँग सहकार्य गर्न अवसर जुट्नेछ । सामाजिक इज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य समस्याहरू देखिन सक्नेछन् । जीवनसाथीबाट भने सुख दुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाइमा विभिन्न कारणले उतारचढावहरू आउन सक्नेछन् । आफ्नो पढाइमा सचेत हुनु आवश्यक छ।   यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो वा कालो हो । कुनै शुभ कर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तले सामान्य सहयोग जुटाउनेछन्। सोमबारदेखि नयाँ काम सुरु गर्न सकिनेछ। आम्दानी बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले ठूलो योजनातर्फ अग्रसर भइनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्रा गर्ने साइत जुर्न सक्छ। मिल्ने साथी भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर तुल्याउन सक्छ।  तपाईको परिश्रम अनुसार नै अङ्क प्राप्त हुने योग छ । आइतबार र सोमबार तपाईका लागि कमजोर दिनहरू भएकाले कुनै पनि महत्त्वपूर्ण कार्यको सुरुवात यी दिनहरूमा नगर्न उत्तम हुनेछ ।   यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा सुन्तला रङ्ग हो । कुनै शुभ कर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता चन्द्रमाले तपाईँको राशिबाट तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन् । यो साता तपाईँको साहस तथा पराक्रम बढ्नुका साथै हरेक कार्यमा आत्मविश्वास उच्च रहनेछ । आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवसायमा उतारचढावहरू देखिन सक्नेछन् । तर मङ्गलवार र बुधवार भने घरपरिवारका कारण चिन्ता बढ्न सक्नेछ । तर पनि जीवनसाथीको सहयोगले आत्मविश्वास भने कायम नै रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईँको बलियो प्रभाव रहनेछ । यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । विद्यार्थीको पढाइमा पनि मध्यम अवस्था रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ ।  पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभ कर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो साता चन्द्रमाले तपाईँको राशिबाट द्वितीय, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन् । यो साता धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईँको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरूका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरी काम सम्पन्न गरे पनि अपजस हरू आइलाग्न सक्नेछ । प्रेम सम्बन्ध सकारात्मक रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ।  शुक्रवार र शनिवार भने कमजोर रहेका छन् । । यी दिनहरूमा कुनै पनि महत्त्वपूर्ण कार्यको सुरुवात नगर्नु एवं लगानी नगर्नु उत्तम हुनेछ ।   यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो साता चन्द्रमाले तपाईँको राशिबाट प्रथम, द्वितीय र तृतीय भावको गोचर गर्नेछन् । पहिलो घरको चन्द्रमाको प्रभावले तपाईँको इज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईँको आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतारमा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरी निर्णय गर्नु उत्तम हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ । व्यापार व्यवसाय बाट पनि मिश्रित लाभ मिल्नेछ । विशेष गरी सञ्चार तथा प्रविधिसँग सम्बन्धित क्षेत्रको कारोबार बाट लाभ हुनेछ । नोकरी गर्नेहरूका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईँको कार्यको सराहना हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । विशेष गरी आफ्नो जीवनसाथीबाट भरपुर साथ र सहयोग हुनेछ । प्रेमीसँग सामान्य मतभेद देखिन सक्नेछ।    यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभ कर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। सोमबारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्न सक्छ। तापनि पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुनेछ। एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । विद्यार्थीका लागि अध्ययन कार्यमा मन जानेछ । तपाईँको परिश्रम अनुसार नै सफलता मिल्ने योग छ ।   यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य गर्दा राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो साता चन्द्रमा ले तपाईँको राशिबाट लाभ स्थान, द्वादश स्थान र प्रथम स्थान  गोचर गर्नेछन् । आइतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईँको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । सूचना, प्रविधि र वैदेशिक क्षेत्रको व्यवसाय फस्टाएर जानेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img