राशिफलमाघ १४ देखि माघ २० गतेसम्मको साप्ताहिक राशिफल

माघ १४ देखि माघ २० गतेसम्मको साप्ताहिक राशिफल

माघ १४ देखि माघ २० गतेसम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – सामाजिक कार्य गर्ने अवसर जुट्नेछ । प्रारम्भमा बौद्धिक क्रियाकलाप र लेखनमा निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। बलभन्दा बुद्धिको उपयोगले प्रतिफल दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। मंगलवारदेखि उद्याेगधन्दा र व्यवसायमा लाभ मिल्नेछ। प्रतिस्पर्धीहरूले सम्झाैताकाे हात अघि बढाउनेछन्। सहयाेगीहरूले साथ दिनेछन्। खर्च लागे पनि भौतिक साधन जुटाउन सकिनेछ। सप्ताहान्तमा भने परिस्थिति अलि असहज बन्न सक्छ। सहयोगीहरू पछि हट्नेछन्। अरूको भरपर्दा धोका पाइनेछ। घरेलु समस्या सावधान रहनुहोला। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष – कृषि कार्यमा लाभ मिल्नेछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नाले छिट्टै प्रगति हासिल हुनेछ। पहिलेको सफलताले नयाँ कामकाे अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। सत्कर्ममा जुट्नेहरूलाई बोलीको भरमा काम बन्न सक्छ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। सप्ताहान्तमा शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नेछ। भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन – अध्ययन–अध्यापनमा सुधार आउनेछ । प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। बेलामा होस नपुर्याउँदा काम दाेहाेर्याउनुपर्ने हुन सक्छ। सहयाेगीहरूले यात्राकाे अवसर भने दिलाउनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्न सकिनेछ। प्रियजनसँग रमाइलाे भेटघाट हुनेछ। पहिरन र भोजभतेरको आनन्द प्राप्त हुनेछ। मान-सम्मानका साथ विशेष उपहार प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा उठाउन सकिनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सप्ताहान्तमा अवसरवादीहरूबाट सावधान रहनुहोला। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ

कर्कट – अध्ययन–अध्यापनमा प्रगति हुनेछ । काम बन्ने संकेत प्राप्त हुनाले खर्चको जोहो गर्नुपर्ला। सरसापटमा गएको धन भने तत्काल फिर्ता नहुन सक्छ। व्यावहारिक समस्या सुल्झाउन सापट वा कर्जा लिनुपर्ला। विदेश ताक्नेहरूलाई मंगलवार वा बुधवार यात्राकाे साइत जुर्न सक्छ। नयाँ काम बन्ने संकेत प्राप्त हुनाले लगानी जोहो गर्नुपर्ने हुन सक्छ। अनावश्यक घुमघाम र किनमेलमा रकम खर्च नगर्नुहाेला। सप्ताहान्तमा रमाइलाे पारिवारिक भेटघाट हुनेछ। मनपर्ने वस्त्र, भाेजन आदिकाे आनन्द पनि प्राप्त हुनेछ। आफन्तकाे सहयाेगले धेरै समस्या टर्नेछन्। दिगाे काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह – व्यापार–व्यवसायबाट लाभ मिल्नेछ ।  कामकाे प्रतिफल प्राप्त हुने समय छ। दिगो काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूकाे सहयाेगले अप्ठ्याराे काम समेत बन्नेछ। व्यापार बढ्नेछ र मनग्य आम्दानी हातलागी हुनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनाले समस्या टर्नेछ। तर बीचमा कर्जाकाे रकमले समस्या निम्त्याउन सक्छ। खर्चिलाे काम गर्नुपर्ने हुँदा अर्थ अभाव देखापर्नेछ। अरूकाे भरपर्दा काम बिग्रने भयले पनि सताउनेछ। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा प्रियजनसँग रमाइलाे भेटघाट हुनेछ। आगन्तुकले अलमल्याउने हुँदा चिताएकाे काम भने राेकिन सक्छ। यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।

कन्या – गरगहना वा धन क्षय हुन सक्ने योग छ । प्रारम्भमा सामाजिक काममा जुट्नुपरे पनि फाइदै हुनेछ। अनुभव देखाएर जिम्मेवारी हातपार्ने समय छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा राम्रै नतिजा प्राप्त हुनेछ। मंगलवार र बुधवार घरभित्रका समस्याले बाहिरी काममा बाधा पुग्न सक्छ। सहयाेगीहरूकाे भर नपर्नुहाेला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले समस्या समाधान हुनेछन्। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। सप्ताहान्तमा भने खर्चिलाे काम थाल्नाले रकम जुटाउनुपर्ने हुन सक्छ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला – शत्रु सबल रहे पनि साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ ।  प्रारम्भमा केही झमेला आउन सक्छन्। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। समस्याकै समयमा सहयाेगीहरूले साथ दिन छाड्नेछन्। अर्थ अभावले पनि सताउन सक्छ। मंगलवारदेखि सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् र भाग्यले पनि साथ दिनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ। सानाे अवसरले उत्साह जगाउनेछ। प्रतिष्ठित काम गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। दिगो काम थालनी हुनेछ। सप्ताहान्तमा भने केही आम्दानी राेकिन सक्छ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक – प्रशस्त आयआर्जन हुने योग छ । सुरुमा प्रियजनसँग रमाइलाे भेटघाट हुनाले मन उत्साहित रहनेछ। तर, अध्ययनबिना खर्चिलाे काम थाल्नाले अर्थ अभाव देखापर्न सक्छ। वादविवादमा अघि नसर्नुहाेला। मंगलवारदेखि कामको बोझ थपिनेछ भने स्वास्थ्य समेत कमजाेर रहनेछ। अप्ठ्याराे समयमा आफन्त टाढिन सक्छन्। परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र भाग्यले पनि साथ दिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। सानाे प्रयत्नले काममा सफलता हातलागी हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

धनु – दाम्पत्य जीवन सुखमय रहनेछ । केही जटिल काममा जुट्नुपरे पनि साताकाे प्रारम्भ फलदायी रहनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। शत्रु र राेगबाट छुटकारा मिल्नेछ। राेकिएका काम बन्नाले नयाँ कर्मतर्फ अग्रसर भइनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। आफन्तसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। तर, आफन्तसँग भेटघाट भए पनि आतिथ्य खर्चिलाे हुने समय छ। सप्ताहान्तमा स्वास्थ्यमा कमजाेरी र धनहानि हुने सम्भावना छ। काम बिग्रने डरले सताउनेछ। अरूको भरपर्दा धोका हुन सक्छ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरी गरेको कार्यबाट लाभ मिल्नेछ ।

मकर – शत्रु परास्त हुनेछन् । मिहिनेत गर्दा उद्देश्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ। विद्यार्थीहरूका लागि सफलताकाे उचाइ प्राप्त हुने समय छ। मंगलबारदेखि महत्त्वाकांक्षी काम एक्लै आँट्नाले समस्या पर्न सक्छ। आफ्ना कमजाेरीकाे फाइदा उठाउनेहरू प्रशस्त हुनेछन्। स्वास्थ्य कमजाेर हुनेछ र धन खर्चनुपर्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। विवादास्पद काममा अघि नसर्नुहाेला। आफ्नैबाट धोका हुनेछ, योजना सार्वजनिक नगर्नुहोला। पारिवारिक उल्झनमा परिने सम्भावना छ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य गर्नाले राम्रो हुनेछ ।

कुम्भ – दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । साता केही उतारचढावमय रहनेछ। फाइदा हुने काम शुभारम्भ भए पनि बीचमा अप्ठ्यारा कामको बोझ थपिन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। सहयाेगीहरूले धोका दिनेछन् भने आफन्त टाढिनाले दु:ख पाइनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। अध्ययनमा प्रगति हुनेछ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। आर्थिक पक्ष सबल बन्नुका साथै भौतिक साधन जुटाउन सफल भइनेछ। आस मारेको उपलब्धि प्राप्त हुनेछ। बिहीवारदेखि शत्रुभाव राख्नेहरूबाट सजग रहनुहाेला। सप्ताहान्तमा सोखले खर्च बढाउनेछ। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पर्पल वा खैरो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन – पारिवारिक सम्बन्धमा सुधार आउनेछ । विशेष अवसर प्राप्त हुनाले ठूलै काम आँट्न सकिनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। मंगलवार र बुधवार भने पारिवारिक मतभेदले उल्झन निम्त्याउन सक्छ। तापनि शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले चिताएकाे काम गर्न सकिनेछ। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। विहीबारदेखि स्थिति अनुकूल बन्नेछ। तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा उपलब्धि हात पार्न सकिनेछ। प्रतिस्पर्धीले हार खानेछन्। पुरुषार्थी काम बन्नाले जोश-जाँगर बढ्नेछ। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img