Sunday, July 20, 2025
राशिफलसाप्ताहिक राशिफलचैत ५ देखी १२ गतेसम्मको साप्ताहिक राशिफल

चैत ५ देखी १२ गतेसम्मको साप्ताहिक राशिफल

spot_img

समग्रमा राशिफल:  मेष, मिथुन र सिंह राशिवालाहरूका लागि यो सप्ताह धेरै सकारात्मक र उपलब्धिपूर्ण छ। मेषले काममा सफलता प्राप्त गरी नयाँ अवसरहरू पाउनेछन्, मिथुनहरूले इच्छाशक्तिबाट प्रगति हासिल गर्नेछन् र प्रतिस्पर्धीहरूलाई पछाडि पार्नेछन्। सिंहराशीवालाहरूले व्यवसायमा धनलाभ गर्नेछन्, नयाँ कामहरू सुरु गर्नेछन् र विदेश यात्राको मौका पाउनेछन्। यी सबै राशिहरूलाई आर्थिक लाभ हुनेछ र पारिवारिक जीवनमा खुशी आउनेछ। वृष, कन्या र तुला राशिवालाहरूले यस सप्ताह बुद्धिको उपयोगबाट लाभ लिनेछन् र पेसा र व्यवसायमा प्रगति गर्नेछन्। वृषले आम्दानीका नयाँ स्रोतहरू फेला पार्नेछन् तर परिवारको खुशीका लागि केही त्याग गर्नुपर्नेछ। कन्याहरूले काममा तारिफ प्राप्त गर्नेछन् तर खर्च बढ्नेछ र आम्दानी रोकिनसक्छ। तुलाराशीवालाहरू धर्मकर्ममा प्रवृत्त हुनेछन्, व्यापार र साझेदारीमा लाभ प्राप्त गर्नेछन् र श्रमको उचित मूल्यांकन हुनेछ। कर्कट, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिवालाहरूले यस सप्ताह केही चुनौतीहरू भोग्नुपर्नेछ। कर्कटले स्वास्थ्यसम्बन्धी समस्याहरू भोग्नुपर्नेछ तर बिहीवारपछि स्थिति सुध्रिनेछ। वृश्चिकहरूले अर्थसम्बन्धी समस्याहरू भोग्नुपर्नेछ तर मंगलवारपछि सुधार आउनेछ र सामाजिक कामबाट फाइदा हुनेछ। धनुलाई स्वास्थ्यसम्बन्धी समस्या आउनसक्छ तर सप्ताहान्तमा स्थिति अनुकूल हुनेछ। मकर र मीनले मंगलवारदेखि नयाँ कामहरू सुरु गर्नेछन् तर कुम्भले चुनौतीपूर्ण काम गर्नुपर्नेछ।

मेषचिताएको काम बन्नाले नयाँ काम गर्ने बाटो खुल्नेछ। योजनाअनुसार काम गर्दा सफलता हातपार्न सकिनेछ। चिताएकाे काम बन्नाले नयाँ काम गर्ने बाटाे खुल्नेछ। याेजनाअनुसार काम गर्दा सजिलै सफलता हातपार्न सकिनेछ। सहयाेगीहरूले साथ दिनाले अड्किएकाे काम समेत सम्पादन हुनेछ। आम्दानीले पनि उत्साह जगाउनेछ। मंगलवारपछि कुरा ओसार्नेहरूले आफन्तमा फाटाे ल्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। सुझबुझका साथ काम गर्दा समस्या स्वतः सुल्झनेछन्। सुरुमा अवराेध गर्नेहरू पनि आफैं किनारा लाग्नेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा उपलब्धि हात पार्न सकिनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । यस राशिको लागि भाग्यफल ८०% रहेको छ ।

- Advertisement -

वृष – बुद्धिको उपयोगले फाइदा दिलाउनेछ र पेसा-व्यवसायमा धन बचत गर्न सकिनेछ। परिवारको खुशीका लागि केही त्याग गर्नुपर्ने हुन सक्छ र नयाँ निर्णय लिनुअघि सोच्नुपर्नेछ। बौद्धिक क्रियाकलापले तर्कशक्ति बढ्नुका साथै लेखनमा निखारता आउनेछ। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले प्रतिफल दिलाउनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनाले धन बचत गर्न सकिनेछ। मंगलवारपछि प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। प्रतिस्पर्धीहरूले आफ्नाे स्थान ओगट्ने प्रयास गर्नेछन्। काममा अरूकाे भरपर्दा धाेका पाइनेछ, सावधान रहनुहाेला। परिवारजनकाे खुसीका निमित्त केही कुरा त्याग्नुपर्ने हुन सक्छ। नयाँ निर्णय लिनुपूर्व राम्ररी साेचविचार गर्नुहाेला र काम थाल्न केही समय पर्खनुहाेला।  यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा बैजनी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्ण भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यस राशिको लागि भाग्यफल ७०% रहेको छ ।

मिथुन – काममा सफलताले अवसर दिलाउनेछ र इच्छाशक्तिले छिट्टै प्रगति हासिल गरिनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नाले छिट्टै प्रगति हासिल हुनेछ। अध्ययनमा प्रगति हुनेछ। पहिलेको सफलताले नयाँ कामकाे अवसर दिलाउनेछ। मंगलवारपछि आलाेचकहरूकाे फन्दामा परिने सम्भावना छ। बाेलीकाे गलत अर्थ लाग्नुका साथै फजुल खर्च बढ्ने सम्भावना देखिएकाले हाेसियार रहनुहाेला। सत्कर्ममा जुट्नेहरूलाई भने शुभचिन्तकहरूले साथ दिनेछन्। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ । यस राशिको लागि भाग्यफल ८५% रहेको छ ।

कर्कट – केही समयका लागि काम रोकिने र स्वास्थ्यसम्बन्धी समस्या आउनसक्छ। बिहीवारपछि स्थिति अनुकूल बन्नेछ र धन आर्जन गर्ने अवसर जुट्नेछ। प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। आकस्मिक समस्याले मन अस्थिर हुनेछ। सहयाेगका नाममा आफ्ना कमजाेरीबाट फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्, सजग रहनुहाेला। अनावश्यक किनमेल गर्नुभन्दा रकम सञ्चय गर्नु बुद्धिमानी हुनेछ। आगन्तुकहरूकाे परामर्शले पनि काममा सहयाेगभन्दा हानि पुर्याउन सक्छ। केही समय काम राेकिए पनि धैर्य गर्नुहाेला। स्वास्थ्यका लागि खानपान र आराममा ध्यान पुर्याउनुहाेला। बिहीवारपछि स्थिति अनुकूल बन्नुका साथै नयाँ अवसर प्राप्त हुनेछन्। मिहिनेतले मान-सम्मान दिलाउनेछ र धन आर्जन गर्ने अवसर जुट्नेछ। यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग बैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । यस राशिको लागि भाग्यफल ६०% रहेको छ ।

सिंह – पेसा-व्यवसायमा धनलाभ हुनेछ र नयाँ काम बन्ने संकेत प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको मौका जुर्न सक्छ र पारिवारिक भेटघाट हुनेछ। पेसा–व्यवसायमा मनग्य धनलाभ हुने समय छ। सरसापटमा गएको रकम फिर्ता हुनेछ र धन सञ्चय गर्न सकिनेछ। याेजनाअनुसार काममा सफलता प्राप्त हुनेछ। नयाँ काम बन्ने संकेत प्राप्त हुनाले लगानी जोहो गर्नुपर्ने हुन सक्छ। अनावश्यक घुमघाम र किनमेलमा रकम खर्च नगर्नुहाेला। मंगलवारपछि दिगाे काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत पनि जुर्न सक्छ। प्रतिस्पर्धीले हात झिक्ने हुँदा उक्त अवसरबाट फाइदा उठाउन सकिनेछ। सप्ताहान्तमा रमाइलाे पारिवारिक भेटघाट हुनेछ। मनपर्ने वस्त्र, भाेजन आदिकाे आनन्द पनि प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यस राशिको लागि भाग्यफल ८५% रहेको छ ।

कन्या – काममा तारिफ प्राप्त हुनेछ र पेसा-व्यवसायमा फाइदा हुनेछ। मंगलवारदेखि खर्च बढ्नेछ र आम्दानी रोकिनसक्छ। सप्ताहान्तमा खर्चिलो कामका लागि रकम जोहो गर्नुपर्नेछ। छाेटाे समयमा गरिएकाे तारिफयाेग्य कामले लाेकप्रियता दिलाउनेछ। ठूला व्यक्तिहरू समेत सहयाेगी बन्नाले चिताएकाे काम सजिलै सम्पादन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। पेसा–व्यवसायमा फाइदा हुनेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर अनावश्यक किनमेल र फजुल खर्चले मंगलवारदेखि रकम बाहिरिने सम्भावना छ, सजग रहनुहाेला। पछिल्ला दिनमा आम्दानी राेकिने सम्भावना देखिएकाले व्यवहार निर्वाह गरी बचेकाे रकम सञ्चय गर्ने प्रयास गर्नुहाेला। सप्ताहान्तमा खर्चिलाे काम थाल्न माेटाे रकम जाेहाे गर्नुपर्ने आवश्यकता पर्न सक्छ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन, पूजा वा स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । स राशिको लागि भाग्यफल ७५% रहेको छ ।

तुला – धर्मकर्म र सेवामूलक काममा प्रवृत्त हुनेछ र व्यापार, साझेदारीमा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ र दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ। समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले विशेष फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आयस्राेत सबल बन्नाले नयाँ काम गर्न अग्रसर भइनेछ। व्यापार बढ्नाले राम्रै फाइदा हुनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । यस राशिको लागि भाग्यफल ९०% रहेको छ ।

वृश्चिक – मंगलवारदेखि रोकिएको काम बन्नेछ र सामाजिक कामबाट फाइदा हुनेछ। पेसा-व्यवसायमा लाभ हुनेछ र प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। प्रारम्भमा केही झमेला आउन सक्छन्। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। समस्याकै समयमा सहयाेगीहरूले साथ दिन छाड्नेछन्। अर्थ अभावले पनि सताउनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् र भाग्यले पनि साथ दिनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ। सामाजिक काममा जुट्नुपरे पनि फाइदा हुनेछ। अनुभव देखाएर जिम्मेवारी हातपार्ने समय छ। पेसा–व्यवसायमा उत्साहजनक लाभ हुनेछ। प्रतिष्ठित काम गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यस राशिको लागि भाग्यफल ८५% रहेको छ ।

धनु – मंगलवारदेखि कामको बोझ बढ्नेछ र स्वास्थ्य समेत कमजोर हुनेछ। सप्ताहान्तमा स्थिति अनुकूल हुनेछ र आयस्रोत बढ्नेछ। घरेलु समस्या समाधान हुनेछ। प्रियजनसँग रमाइलाे भेटघाट हुनाले मन उत्साहित रहनेछ। सुरुमा आर्थिक पक्ष राम्रै देखिए पनि लेनदेनले आफन्तमा खटपटी निम्त्याउन सक्छ। अध्ययनबिना खर्चिलाे काम थाल्नाले बीचमा समस्या देखापर्न सक्छ। मंगलवारदेखि कामको बोझ थपिनेछ भने अधिक श्रमले स्वास्थ्य समेत कमजाेर रहनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सप्ताहान्तमा भने स्थिति अनुकूल बन्नेछ र भाग्यले पनि साथ दिनेछ। घरेलु समस्या समाधान हुनेछन्। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने अवसर जुट्न सक्छ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ । यस राशिको लागि भाग्यफल ६५% रहेको छ ।

मकर – प्रतिस्पर्धामा सफलताले कामप्रति विश्वास जगाउनेछ र स्वास्थ्य सबल बन्नेछ। मंगलवार र बुधवारमा नयाँ काम थालिनेछ र व्यवसायमा उत्साह जगाइनेछ। प्रतिस्पर्धामा पाइने सफलताले काममाआत्मविश्वास जगाउनेछ। स्वास्थ्य पनि सबल बन्नेछ। विगतमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू स्वतः पछि पर्नेछन्। प्रियजनसँग रमाइलाे भेट हुनुका साथै घुमघाम र खानपानकाे आनन्द प्राप्त हुनेछ। मंगलवार र बुधवार नयाँ काममा हात हाल्ने समय छ। पहिलेको उपलब्धिले व्यवसायमा उत्साह जगाउनेछ। साथीभाइकाे उपहार प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिने समय छ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर रहनेछ र काम राेकिने डरले सताउनेछ। समस्या दर्साउँदा सहयाेगी तथा शुभचिन्तकहरूले साथ दिनेछन्। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यस राशिको लागि भाग्यफल ८०% रहेको छ ।

कुम्भ – मंगलवारदेखि चुनौतीपूर्ण काममा जुट्नुपर्नेछ र अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन दौडधुप गर्नुपर्नेछ। सप्ताहान्तमा व्यापार बढ्नेछ र पेसा-व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दागर्दै पनि सानाे त्रुटिले काम अड्किन सक्छ। मागअनुसार सन्तानकाे चित्त बुझाउन हम्मे पर्नेछ। अध्ययनमा समय दिन नसक्दा अवसरकाे फाइदा अरूले उठाउनेछन्। खानपानमा सजग नहुँदा पेटमा समस्या आउला। मंगलवारदेखि केही चुनाैतीपूर्ण काममा जुट्नुपर्ला। प्रतिस्पर्धाले अनावश्यक खर्च बढाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन स्वास्थ्यकाे परवाह नगरी दाैडधुप गर्नुपर्ने हुन सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले मनमा सन्ताेष मिल्नेछ। व्यापार बढ्नेछ भने पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।  यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यस राशिको लागि भाग्यफल ७०% रहेको छ ।

मीन – मंगलवारदेखि स्थिति सुधार हुनेछ र सन्तानको सहयोगबाट काममा सफलता प्राप्त हुनेछ। पहिलेको अनुभवले पेसा-व्यवसायमा अवसर खोज्न मद्दत पुग्नेछ। काम बिग्रने डरले तनाव बढाउन सक्छ। आफ्ना कमजाेरीकाे फाइदा उठाउनेहरू वरिपरि हुनेछन्। आफ्नैले काम बिगार्न सक्छन्, आवश्यक पर्दा सम्बन्धित व्यक्तिसँग मात्र गाेपनीय वार्ता गर्नुहाेला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। सन्तानकाे सहयाेगले काममा नसाेचेकाे सफलता प्राप्त हुनेछ। पहिलेकाे अनुभवले पेसा–व्यवसायमा नयाँ अवसर खाेज्न मद्दत पुर्याउनेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनुका साथै नयाँ विषयकाे ज्ञान लिने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा प्रतिस्पर्धीहरूलाई उछिन्न सफल भइनेछ। कामका चुनाैती हट्नेछन् र आर्थिक लाभ हुनेछ।  यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि महाकालीजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यस राशिको लागि भाग्यफल ८०% रहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img