पोखरा | पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट बचतकर्ता ठगिएको विषयमा उपप्रधान एवं गृहमन्त्री रविलामिछानेमाथि अनुसन्धान गर्न पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेका छन्।
आइतबार प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै पीडितहरूले सूर्यदर्शन, चितवन सहारा र बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम सारिएको विषयमा गम्भीर छानबिन नभएको गुनासो गरेका छन्।
सूर्यदर्शनका पूर्वअध्यक्ष जीबी राईलाई पनि तत्काल पक्राउ गर्न माग गरिएको छ। सूर्यदर्शनमा कृत्रिम पुलेसो खाता खोली लामिछानेले एक करोडको कारोबार गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। पीडितहरूले करिब १ अर्ब ३५ करोडभन्दा बढी रकम ठगी भएको बताएका छन्।