Wednesday, February 12, 2025
राशिफलचैत २५ देखी वैशाख १ गतेसम्मको साप्ताहिक राशिफल

चैत २५ देखी वैशाख १ गतेसम्मको साप्ताहिक राशिफल

यो साताको शुरुवात केही राशिहरूका लागि चुनौतीपूर्ण देखिन्छ। मेष, कर्कट र धनु राशिहरूलाई प्रारम्भमा अर्थ अभाव, कामका बाधा, स्वास्थ्य सम्बन्धी समस्या र घरायसी विवादका सामना गर्नुपर्ने देखिन्छ। तर मंगलवारदेखि स्थिति सुधार हुँदै जानेछ र कामका मोर्चामा सफलता प्राप्त हुनेछ। कमाइका नयाँ स्रोतहरू खुल्नेछन् र भौतिक साधन जुट्न सक्नेछन्। अन्य राशिहरू बृष, मिथुन, तुला, वृश्चिक, मकर, कुम्भ र मीनका लागि भने यो साता अनुकूल रहनेछ। व्यापार व्यवसाय विस्तार हुनेछन्, आय आर्जनका अवसरहरू जुट्नेछन्। कर्मक्षेत्रमा उचित मुनाफा र प्रतिष्ठा प्राप्त हुनेछ। परिवार र प्रेमसम्बन्धको जीवनपनि सुखद रहनेछ। विद्यार्थीहरूलाई अध्ययनमा मन लाग्नेछ र राम्रो नतिजा प्राप्त गर्न सक्नेछन्। सिंह र कन्या राशिका केही दिनहरू चुनौतीपूर्ण रहनेछन् भने कन्यालाई सप्ताहको अन्त्यतिर आम्दानी बढ्ने देखिन्छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता मेष राशिका लागि ७०% फलदायी रहनेछ। साताको शुरुवातमा केही खर्च बढ्ने र रोकिएका काम गर्न चुनौती आउने भएतापनि मंगलवारदेखि स्थिति सुधार हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् र परिवारजनबाट सहयोग पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने विद्यार्थीहरूका लागि पनि सकारात्मक समय छ। धनलाभ हुने र भौतिक साधन जुटाउन सफल भइनेछ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो साता बृष राशिका लागि ८५% फलदायी रहनेछ। साताको शुरुवातमा नै महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछन् र आम्दानी बढ्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ र सामाजिक कार्यहरूमा संलग्न हुन सकिनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ भने विद्यार्थीहरूको परिश्रमको राम्रो परिणाम आउनेछ। बिहीवार र शुक्रबार खर्च बढ्ने र स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ। यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो साता मिथुन राशिका लागि ८५% फलदायी रहनेछ। साताको शुरुवातदेखि नै अवसरहरू प्राप्त हुनेछन् र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। सामाजिक र आध्यात्मिक क्षेत्रमा संलग्न हुन सकिनेछ। लोकप्रियता बढ्नेछ भने परिवार र प्रेमसम्बन्ध पनि सुमधुर रहनेछ। विद्यार्थीहरूका लागि राम्रो समय छ तर शनिबार भने कमजोर दिन हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि यो साता ७०% फलदायी रहनेछ। साताको शुरुवातमा स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने र विवाद आउन सक्ने भएतापनि मंगलवारदेखि स्थिति सुधार हुनेछ। परिवार र प्रेमसम्बन्ध सुमधुर रहनेछ भने नोकरी र व्यवसायमा फाइदा हुनेछ। आर्थिक लाभका अवसरहरू प्राप्त हुनेछन् र रोकिएका काम सम्पन्न हुनेछन्। विद्यार्थीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन्। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता सिंह राशिका लागि ६५% फलदायी रहनेछ। साताको शुरुवातमा सामाजिक कार्यले प्रतिष्ठा बढाउनेछ र व्यापार व्यवसायमा नाफा आर्जन हुनेछ। परिवारमा मेलमिलाप कायम रहनेछ तर मंगलबार र बुधबार अनियन्त्रित खर्च हुन सक्नेछ। विद्यार्थीहरूको पढाई कमजोर हुन सक्छ। बिहीवारपछि स्थिति सुधार हुनेछ र आंशिक सफलता मिल्नेछ। यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो साता ८०% फलदायी रहनेछ। साताको शुरुवातमा व्यापार व्यवसायबाट फाइदा हुनेछ र साथीहरूबाट सहयोग पाइनेछ। परिवार र प्रेमसम्बन्ध सुमधुर रहनेछ भने विद्यार्थीहरूका लागि पनि शुभ समय छ। बिहीवार र शुक्रबार कमजोर हुने भएकाले सावधानी अपनाउनुपर्नेछ तर साताको अन्त्यतिर आम्दानी बढ्नेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता तुला राशिका लागि ८५% फलदायी रहनेछ। साताको शुरुवातमा नै बौद्धिक र सिर्जनात्मक क्षमताको कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ र व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट विशेष फाइदा हुनेछ। नोकरीमा पनि शुभ समय छ र सन्तानबाट सुख प्राप्त हुनेछ। धनको बचत हुनेछ भने विद्यार्थीहरूको पढाई राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखद रहनेछन्, तर सप्ताहान्तमा स्वास्थ्य र अन्य समस्याहरू देखा पर्न सक्छन्। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा गुलाबी रङ्ग हो । शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साता ७०% फलदायी रहनेछ। साताको शुरुमा पारिवारिक समस्या, अनावश्यक झगडा र कार्यमा बाधा आउने छन्। तर मंगलवारदेखि अवस्था सकारात्मक हुँदै जानेछ। साथीहरूसँग रमाइला पलहरू व्यतित गर्न पाइनेछ, मिष्ठान्न भोजन प्राप्त हुनेछ भने नोकरी र व्यवसायमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ, लगनशीलतापूर्वक अध्ययन गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। तर सप्ताहान्तमा स्वास्थ्य बिग्रन सक्ने र धन खर्च हुने देखिन्छ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दीनदुखी या असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि यो साता ७५% फलदायी रहनेछ। साताको शुरुमा घरेलु कामकाजमा अलमल, आफन्तसँग असमझदारी र स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छन्, तर मंगलवारदेखि अवस्था सुधार हुनेछ। साथीहरूबाट महत्वपूर्ण सहयोग मिल्नेछ र व्यापार व्यवसायमा विस्तार हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्, आर्थिक पक्ष सबल हुनेछ भने नोकरीमा पनि सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुखद रहनेछ र विद्यार्थीहरूको पढाई राम्रो हुनेछ, तर मंगलवार र बुधवार कमजोर दिन देखिन्छन्। यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो साता मकर राशिका लागि ८०% फलदायी रहनेछ। रोकिएका कामहरू बन्नेछन् र नयाँ उद्योग वा विशेष कामको सुरुवात हुन सक्छ। आर्थिक समस्या देखिए पनि भौतिक साधनहरू जुटाउन सकिनेछ। व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ भने आफन्तहरूको सहयोगले पनि व्यवसायमा सफलता प्राप्त हुनेछ। परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ भने विद्यार्थीहरूको पढाईमा मन लाग्नेछ। तर बिहीवार र शुक्रबार कमजोर दिन हुने देखिन्छन्। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुने र गरेको कामबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि यो साता ८५% फलदायी रहनेछ। साताको शुरुवातमा मान-प्रतिष्ठा र आत्मविश्वास बढ्नेछ। विभिन्न रमाइला कार्यक्रममा सहभागी हुन पाइनेछ भने विचारको प्रशंसा हुनेछ। व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ र नोकरीमा पनि सम्मान मिल्नेछ। आफन्तहरूबाट सहयोग पाइनेछ भने अध्ययन-अध्यापन कार्यमा सफलता मिल्नेछ। परिवार र सामाजिक प्रभाव बढ्नेछ तर प्रेमसम्बन्धमा केही मनमुटाव आउन सक्छ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका लागि यो साता ८०% फलदायी रहनेछ। साताको शुरुवात कमजोर रहने र अनावश्यक यात्रा, धनखर्च तथा चिन्ता बढ्ने देखिन्छ तर मंगलवारदेखि स्थिति सुधार हुनेछ। महत्वाकांक्षी काम सुरु हुनेछन् र परिश्रमको उचित मूल्य प्राप्त हुनेछ। आम्दानी बढ्नेछ । परिवार र प्रेमसम्बन्ध सुमधुर रहनेछ भने व्यापार व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि पनि यो साता उत्तम छ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस