Friday, December 6, 2024
राशिफलबैशाख २ गतेदेखी ९ गतेसम्मको साप्ताहिक राशिफल

बैशाख २ गतेदेखी ९ गतेसम्मको साप्ताहिक राशिफल

मेष – यो साता मेष राशिकाहरूलाई उत्साहजनक समय रहनेछ। तपाईंको साहस र पराक्रमले कुनै पनि कार्यमा सफलता दिलाउनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी प्राप्त हुनेछ। परिवारिक जीवन सुमधुर रहनेछ भने प्रेम सम्बन्ध पनि मिठास रहनेछ। तर, विद्यार्थीहरूको पढाईमा कमजोरी देखिनेछ र मन अस्थिर रहने हुनाले केही कठिनाई हुन सक्छ। यस साताको फलदायी प्रतिशत ८५% रहेको छ।

बृष – यो साता बृष राशिकाहरूका लागि व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन गर्न सकिने छ। बोलीको शक्ति बढ्नेछ र रमाइलो तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न हुन पाइनेछ। सामाजिक कार्यमा मन जानेछ र इज्जत र प्रतिष्ठा बढ्नेछ। साझेदारीका कार्यहरूबाट लाभ हुनेछ। तर अध्ययन र अध्यापन कार्य कमजोर हुनेछ। नोकरीमा सहयोगी वातावरण प्राप्त हुनेछ भने प्रेम र पारिवारिक जीवन सामान्य रहनेछ। यस साताको फलदायी प्रतिशत ७५% रहेको छ।

मिथुन – यो साता मिथुन राशिकाहरूका लागि शुभ रहनेछ। तपाईंको आत्मविश्वास र आत्मसम्मान बलियो रहनेछ र तपाईंको कार्यको प्रशंसा हुनेछ। साथीभाईसँग रमाइलो भेटघाट र सहकार्यको अवसर पाइनेछ। व्यापार व्यवसायमा लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ। प्रेम र पारिवारिक जीवन सुमधुर रहनेछ। तर विद्यार्थीहरूको पढाईमा केही बाधा आउन सक्छ। आफन्तको सहयोगबाट महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ। यस साताको फलदायी प्रतिशत ८०% रहेको छ।

कर्कट – कर्कट राशिकाहरूका लागि यो साता मिश्रित रहनेछ। साताको शुरुआतमा खर्च बढ्नेछ र काममा दौडधुप हुनेछ तर उपलब्धि कम हातलाग्नेछ। मंगलबारदेखि भने अवस्थामा सुधार हुनेछ र नोकरीमा सफलता मिल्नेछ। कार्यस्थलमा सकारात्मक वातावरण कायम हुनेछ र बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ र प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ। सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्नेछ र विद्यार्थीहरूलाई पढाईमा मन जान कठिन हुनेछ। यस साताको फलदायी प्रतिशत ७०% रहेको छ।

सिंह – यो साता सिंह राशिकाहरूका लागि व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने देखिन्छ। आत्मविश्वास र आत्मसम्मान उच्च रहनेछ। नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ। परिवारमा मेलमिलाप र एकता कायम हुनेछ। जीवनसाथीबाट उचित साथ र सहयोग प्राप्त हुनेछ। तर विद्यार्थीहरूको पढाईमा कमजोरी देखिन सक्छ र बढी ध्यान दिनु आवश्यक हुनेछ। यस साताको फलदायी प्रतिशत ८२% रहेको छ।

कन्या – यो साता कन्या राशिकाहरूका लागि उत्तम रहने देखिन्छ। नोकरी गर्नेहरूका लागि यो साता शुभ समय रहनेछ। सामाजिक र आध्यात्मिक कार्यमा मन जानेछ र सामाजिक मान प्रतिष्ठा बढ्नेछ। साथीभाईको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ। व्यापार व्यवसायमा सकारात्मक समय रहनेछ र आम्दानी बढ्नेछ। परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ। प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ र प्रेमी संगका मनमुटावहरू छिटै समाधान हुनेछन्। यस साताको फलदायी प्रतिशत ८८% रहेको छ।

तुला – तुला राशिकाहरूका लागि यो साता शुभ रहेको छ। भाग्यले तपाईंको साथ दिनेछ र हरेक कार्यमा सफलता प्राप्त हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ र व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। कार्यस्थलमा तपाईंको कार्यको प्रशंसा हुनेछ र सन्तानबाट सुख प्राप्त हुनेछ। धन बचत हुनेछ र बिद्यार्थीहरूको पढाई उत्तम रहनेछ। प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ र परिवारका सदस्यहरूसँग रमाईला पलहरू बिताउन सकिनेछ। यस साताको फलदायी प्रतिशत ९०% रहेको छ।

वृश्चिक – वृश्चिक राशिकाहरूका लागि यो साता मिश्रित रहने देखिन्छ। साताको शुरुआतमा स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ र शत्रुबाधाका कारण काममा रोकावट आउन सक्छ। तर मंगलबारदेखि अवस्थामा सुधार हुनेछ। दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ र मिष्ठान्न भोजन प्राप्त हुनेछ। साथीभाईसँग रमाइलो समय बिताउन पाइनेछ। नोकरीमा सफलता मिल्नेछ र व्यवसायबाट उचित लाभ प्राप्त हुनेछ। विद्यार्थीहरूलाई अध्ययन कार्यमा मन जानेछ र सामान्य यात्राको योग छ। यस साताको फलदायी प्रतिशत ७५% रहेको छ।

धनु – धनु राशिकाहरूका लागि यो साता मिश्रित रहने छ। साताको शुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ र उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। पेशा-व्यवसायमा राम्रो फाइदा हुनेछ र तारिफयोग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। तर मंगलवारपछि अप्ठ्यारा कामको बोझ उठाउनुपर्ने हुँदा माैसमी रोग वा चोटपटकको योग देखिएकाले सावधान रहनु आवश्यक छ। आर्थिक अभावले पनि सताउनेछ। सप्ताहान्तमा धार्मिक कर्म र समाजसेवामा प्रवृत्त हुनुहुनेछ। मिहिनेतले अप्ठ्यारो परिस्थिति सुल्झाउन सक्नुहुनेछ। तर खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ने छ। यस साताको फलदायी प्रतिशत ६०% रहेको छ।

मकर – मकर राशिकाहरूका लागि यो साता शुभ रहेको छ। साताको शुरुमा शत्रुहरू पराजित हुनेछन् र नयाँ अवसरहरू प्राप्त हुनेछन्। आफन्तको साथ-सहयोग नजुटे पनि तपाईंको जुझारु कार्यशैलीले उपलब्धि हातपार्न सक्नुहुनेछ। बिहीवारसम्म व्यापार र उद्योगमा फाइदा हुनेछ। तर मंगलवारदेखि विवादास्पद जिम्मेवारीहरू आउनेछन् र झूटा आरोप लाग्ने सम्भावना छ, सतर्क रहनुहोला। परिस्थितिले खर्च बढाउनेछ र आर्थिक अभावले कामहरू स्थगित हुन सक्छन्। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहनेछ र धनमाल बाहिरिन सक्नेछ। यस साताको फलदायी प्रतिशत ६५% रहेको छ।

कुम्भ – कुम्भ राशिकाहरूका लागि यो साता शुभ रहनेछ। साताको शुरुमा बौद्धिक र सामाजिक कार्यहरूमा सक्रियता बढ्नेछ। शारीरिक तथा मानसिक अवस्था सबल रहनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको उचाइ बढ्नेछ र सन्तानबाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ र व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ। नोकरीमा तपाईंको कार्यको कदर हुनेछ। परिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ र अध्ययन-अध्यापन कार्य सफल रहनेछ। सही योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ। यस साताको फलदायी प्रतिशत ८५% रहेको छ।

मीन – मीन राशिकाहरूका लागि साताको शुरुमा आईतबार र सोमबार केही कमजोर दिनहरू रहनेछन्। स्वास्थ्य अवस्था कमजोर हुने र घरायसी समस्याले चिन्ता बढ्ने छ। तर मंगलबारदेखि भने अवस्थामा महत्वपूर्ण सुधार हुनेछ। धन आर्जन हुनेछ, शत्रु पराजित हुनेछन् र स्वास्थ्य अवस्था पनि सबल रहनेछ। यी दिनहरूमा साथीभाईसँग रमाइलो कुराकानी हुनेछ र उनीहरूको साथ-सहयोग प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ र व्यापार व्यवसायमा सफलता मिल्नेछ। तर सप्ताहान्तमा प्रतिस्पर्धीहरूले काममा दुःख दिन सक्छन्, सजग रहनुहोला। यस साताको फलदायी प्रतिशत ७०% रहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img