आज मिति २०७८ साल मंसिर ६ गते, सोमबार । इश्वी सन २०२१ नोभेम्बर २२ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथि तृतिया, ११:४४ । बजे उप्रान्त चतुर्थी । नक्षत्र मृगराशि, ९: २५ बजे उप्रान्त आर्दा । योग । साध्य, ३०:०० बजे उप्रान्त शुभ । करण वव ६:४२ बजेदेखि भद्रा १९:४४ बजे उप्रान्त कोलव । चन्द्रराशि मिथुन । आनन्दादी योग । आनन्द । दिनमान । सुर्याेदय ६:३१ । सुर्योस्त १७:०७ ।ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ?
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ।सोचेअनुसार कार्य सम्पन्न हुनेछन् । नयाँ विचार तथा उत्साहजनक सफलता प्राप्तको मार्गमा अगाडी बढिनेछ । अध्ययनमा केहि बाधा आउनेछन् ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ। आफन्तको घरमा शुभकार्यमा सहभागी भइनेछ । मध्यान्हदेखि चिसोले दुःख दिन सक्नेछ । राजनैतिक प्रतिस्पर्धा गर्नुपर्नेछ । मनमा भने हिम्मत हराउने छैन ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। पेसातर्फ भने महत्त्वाकांक्षी योजना थालनी हुने समय छ।पारिवारिक तथा प्रेमसम्बधी उत्पन्न समस्याले गर्दा मध्यान्ह सम्म निकै मनमा खिन्नता आउनेछ । व्यापारव्यवसायमा मनग्य आम्दानी हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय छ। आफन्त पनि टाढा हुनेछन्।सम शत्रु भएतापनि प्रेमिकाको सहयोगले कुनैपनि विगार गर्नसक्ने छैनन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापार–व्यवसायमा पनि सामान्य फाइदा हुनेछ।बोलीको प्रभाव बढ्नेछ । मेहनतले आम्दानीको स्रोत बढ्नेछ, भने प्रशस्त मात्रामा पानी पिउनुहोला पेटसम्बन्धी सामान्य समस्या आउने देखिन्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।आर्य आर्जनका श्रोतहरू बढ्नेछन् । वैदेशिक कार्य तथा यात्रा बन्नेछन् । रोकिएको कार्य आगाडी बढ्नेछन् । गोपनीयता राख्नुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।प्रेमप्रेमिका विच विवाद उत्पन्न हुनेछ । झुटो आरोपको सामना गर्नुपर्ने छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । कृषकहरुको आयश्रोत बढ्नेछ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।आर्थिक समृद्धिको बाटोमा अगाडि बढिनेछ । व्यस्तताले गर्दा पारिवारिक भेटघाटका लागि जानु विर्सिने हुदा पत्नीसंग विवाद हुनेछ । स्वास्थ्यले साथ दिनेछ । प्रेमिका संगको मिलनले उत्साह थपिने छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवेश उल्लासमय रहे पनि मन खिन्न रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। तापनि परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार–सम्मान प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ।आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेमिका तथा प्रेम विचको सम्बन्ध निकै विवादित हुनेछ । कम बोल्नु नै कल्याण कारक हुनेछ । आर्थिक क्षेत्रमा भने सफलता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। बलजफ्ती गर्दा समस्या आउन सक्छ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। परिस्थिति संघर्षपूर्ण रहनेछ। तापनि, आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ।लामोयात्रा तथा महत्वपूर्ण भेटघार हुनेछ । राजनैतिक परिवर्तनकारी आन्दोलनमा सहभागी भईनेछ । व्यपार व्यवसाय देखि मनग्य आम्दानी हुनेछ । प्रेम प्रेमिका विचको विवाद मिल्नेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र धनलाभ हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।बोलीको प्रभाव बढ्नेछ रोकिएका कार्यहरू बन्नाले आर्थिक सहजता प्राप्त हुनेछ। राजनैतिक सफलता प्राप्त हुनेछ । केहि शत्रुबद्ने छन् ।चनाखो हुनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। केही समस्या देखिए पनि मिहिनेतले आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।



