Tuesday, March 18, 2025
अन्तर्राष्ट्रियवर्षाका कारण २४ बालबालिकासहित ६८ को मृत्यु, ४८ घाइते

वर्षाका कारण २४ बालबालिकासहित ६८ को मृत्यु, ४८ घाइते

इस्लामाबाद । बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

भारी वर्षाका कारण प्रान्तका विभिन्न भाागमा भएका दुर्घटनामा ४८ जना घाइते भएका तथा छ सय ७० भन्दा बढी घर भत्किएका प्राधिकरणले बताएको छ ।

सोमबार पनि कराँचीको कोरङ्गी, सदर, निपा चौरङ्गी, पिपल्स चौरङ्गी, सुपरहाइवे र शहरका अन्य भागहरूमा भारी वर्षा भएको थियो भने केही भाग डुबानमा परेका छन् ।

डुबान क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । वर्षाकै कारण विद्युत् आपूर्तिका खम्बाबाट करेण्ट प्रवाह हुँदा तीन जनाले ज्यान गुमाएका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img