अन्य
    अन्तर्राष्ट्रियबाढी पहिरोका कारण साढे दुई महिनामा नौ सयको मृत्यु

    बाढी पहिरोका कारण साढे दुई महिनामा नौ सयको मृत्यु

    काठमाडौँ- पाकिस्तानमा पछिल्लो समयमा आएका बाढी पहिरोमा परी नौ सयभन्दा बढीको मृत्यु भएको छ।

    गत जुन मध्यदेखि अहिलेसम्म आएका बाढी पहिरोमा परी नौ सय तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु १३ सय जना घाइते भएका छन्।

    यस्तै हजारौँ मानिस घरबारविहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ। अत्यधिक वर्षाका कारण पाकिस्तानका विभिन्न ठाउँमा ठूला बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति भएका हुन्। पछिल्लो २४ घण्टामा मात्रै ७० भन्दा बढीको मृत्यु भएको छ। प्राधिकरणका अनुसार सोही अवधिमा बयासी हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन्।

    बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ। उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन्। बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरूले बताएका छन्। उनीहरूले सहयोगका लागि अपिलसमेत गरेका छन्।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका