Friday, July 18, 2025
अन्तर्राष्ट्रिय४० दिनपछि जीवितै भेटिए अमेजन जंगलमा हराएका बालबालिका

४० दिनपछि जीवितै भेटिए अमेजन जंगलमा हराएका बालबालिका

spot_img

राेयटर्स। कोलम्बियास्थित अमेजन जंगलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौं सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन्।

कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका चार जना सन्तानको उद्धार हुनु ‘पूरा देशका लागि हर्षको विषय’ भएको बताए। उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्।

- Advertisement -

उक्त जंगलमा मे १ मा भएको एउटा सानो विमान दुर्घटनामा ती बालबालिकाकी आमा र दुई जना पाइलटको मृत्यु भएको थियो। उनीहरू दर्जनौं सैनिक र स्थानीय मानिसहरू संलग्न एउटा ठूलो उद्धार अभियानको केन्द्रमा थिए।

राष्ट्रपति गुस्तभो पेत्रोले ती बालबालिकाहरू फेला पर्नु एउटा ‘चमत्कारिक दिन’ भएको बताएका छन्।

उनले भने, ‘उनीहरू एक्लै थिए, इतिहासमा लेखिने गरी पूरै बच्नुको एउटा उदाहरण उनीहरू आफैँले बनाएका छन्। यी बालबालिकाहरू शान्तिका प्रतीक र कोलम्बियाका बालबालिका हुन्।’

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img