राजनीतिपशुपतिनाथमा प्रधानमन्त्री प्रचण्ड

पशुपतिनाथमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन निरीक्षण गरेका छन् । सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरेका हुन् ।

उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए ।

उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी थिए । तस्बिरः प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img