Sunday, February 16, 2025
विविधअर्डर गरे ३० वर्षपछि मात्र खान पाइने संसारकै दुर्लभ परिकार

अर्डर गरे ३० वर्षपछि मात्र खान पाइने संसारकै दुर्लभ परिकार

काठमाडौं । अनलाइन मार्फत् होस् वा स्टोरमै गएर किन नहोस् । ठाउँका ठाउँ तत्कालै अर्डर गरेर खानेकुरा पाइने अहिलेको दुनियामा अर्डर गरेको खानेकुरा प्राप्त गर्न ३० वर्ष लाग्दछ भन्ने कुरा पत्याउन गाह्रो पर्दछ । तर केही खानेकुराहरु यति विशेष हुन्छन् कि तपाइँले त्यसको स्वाद चाख्न ३० वर्षसम्म कुर्नुपर्दछ ।

जापानमा एउटा परिवारले एक विशेष खानेकुरा तयार गर्दछ । संसारभर निकै लोकप्रिय रहेको सो खानेकुराको उत्पादन निकै कम र माग अत्यधिक भएका कारण अर्डर गरेको खानेकुरा प्राप्त हुनकै लागि ३० वर्ष लाग्दछ ।

उक्त परिकारको नाम ‘Croquettes’ हो । विशेष खालको आलु र मासुले बनेको उक्त परिकार जापानको आशिया परिवारले बनाउँदछ । यो एक खालको नास्ता अर्थात् स्न्याक्स हो । आशिया समुदायले पछिल्लो ९६ वर्षदेखि सो परिकार बनाएर आफैले बिक्रि गर्दै आएको छ ।

आशिया परिवारले सन् १९९९ मा पहिलोपटक अनलाइन स्टोर खोलेर अनलाइनमा समेत क्रोक्वेट्स बेच्न सुरु गरेको थियो । आफ्नो रैथाने परिकार मानिसहरुले पैसा खर्च गरेर किन्छन् भन्ने सुरुमा त उनीहरुलाई विश्वास नै थिएन।

शिगेरु निट्टा आशिया परिवारको तेश्रो पुस्ताका सदस्य हुन् । उनले अहिले उक्त परिकारको व्यवसाय सम्हालिरहेका छन् । सिएनएनसँगको कुराकानीमा उनले Extreme Croquettes लाई प्रतिगोटा करीब अढाई सय रुपैयाँ बराबरको मूल्यमा बेच्ने गरेको र त्यसको मांशाहारी आइटमलाई प्रतिगोटा ३ सय रुपैयाँ भन्दा धेरै पर्ने गरेको बताएका छन् । यो परिकारलाई अझै स्वादिष्ट तथा सस्तो बनाउने कोसिश भैरहेको उनको भनाइ छ ।

सन् २०१६ देखि शिगेरुले खानेकुरा अर्डर गरेर पर्खाइमा रहेका मानिसहरुको सूचि थप्न बन्द गरेका थिए । किनकी त्यसबेला नै अर्डर गरेको खानेकुरा ग्राहकसामु पूराउनका लागि १४ वर्ष लाग्ने भएको थियो । सन् २०१७ मा आशिया पुनः एकपटक खुल्यो, तर त्यसबेला उक्त विशेष परिकारको मूल्य बढाइयो ।

शिगेरुका अनुसार हरेक हप्ता १४ सय वटा क्रोक्वेट्स उत्पादन गरिन्छ । त्यसैले आजको दिनमा यदि कसैले क्रोक्वेट्स अर्डर गर्यो भने त्यसको डेलिभरी हुनका लागि कम्तिमा पनि ३० वर्षसम्म पर्खिनुपर्दछ । एजेन्सी

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img