रोजगारीसरकारले माग्याे करारमा सुरक्षाकर्मी

सरकारले माग्याे करारमा सुरक्षाकर्मी

नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर  प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो । यो पनि हेर्नुस्

घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।

प्रहरीले उनलाई भारतको पन्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले बुधबार अदालतमा बुझाएको थियो । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

परियारको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए । कारागारका नाइकेसमेत रहेका परियारले कारागार भित्रै आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रेमिकाको हत्या मुद्दामा २० वर्ष कैद सजाय पाएका परियारले साढे ७ वर्ष कैद भुक्तान गरेका थिए । कानुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img