रोजगारीडिभी चिट्ठा खुल्यो, डिभी भर्दा यो वर्षबाट पासपोर्ट अनिवार्य नचाहिने

डिभी चिट्ठा खुल्यो, डिभी भर्दा यो वर्षबाट पासपोर्ट अनिवार्य नचाहिने

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन बिहिबारबाट खुलेको छ ।

बिहिबारबाट खुलेको मेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा कार्तिक २२, २०७९ सम्म आवेदन खुला हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ।

दुतावासका अनुसार यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य गरिएको छैन भने विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन्। साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन।

डिभी भर्दा आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुपर्ने हुन्छ । यदी तपाईले आँफै डिभी भर्दै हुनुहुन्छ भने विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्न सक्नुहुनेछ ।

त्यस्तै स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क तिर्नु पर्दैन । यदी तपाईले साइबर वा अन्य स्थानमा गएर अरुको सहयोग लिएर डिभी भर्दै हुनुहुन्छ भने तपाईलाई सम्बन्धित ब्यक्तिले मार्ग निदेृशन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img