Sunday, April 20, 2025
रोजगारीसम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न सुरु
spot_img

सम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने बताएका छन् ।

मन्त्रीको सचिवालयकाअनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र आगामी दिनमा त्यस्ता कम्पनीमा कामदार नपठाइने बताएका हुन् ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो गर्दै पीडित श्रमिकहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनु पर्दा चन्दा संकलनसमेत गर्नु पर्ने गुनासो पोखेका थिए ।

मन्त्री श्रेष्ठसमक्ष हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाउने गरेको विषयमा ध्यानाकर्षण गराएको मन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयकाअनुसार गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून तलबमा काम गर्नुपरेको तथा  हिंसाको सिकार भएको गुनासोसमेत गरे । छलफलमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिको समेत सहभागिता थियो । 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img