Wednesday, April 30, 2025
जीवनशैलीकपाल झर्यो ? यसो गर्नुहोस्
spot_img

कपाल झर्यो ? यसो गर्नुहोस्

व्यस्त जीवनशैली, प्रदूषण र घाम हाम्रो कपालका लागि हानिकारक हुन्छ । जसका कारण कपाल झर्नु, टुक्रने र समय अगावै सेतो हुनु आदि समस्याबाट गुज्रनुपर्ने हुन्छ । कपाल झर्ने समस्यालाई रोक्न बजारमा धेरै उत्पादनहरू उपलब्ध छन् । तर, यस्ता उत्पादनहरूमा पाइने केमिकल कपालका लागि हानिकारक हुन सक्छछ । यसको सट्टा घरेलु उपाय अपनाउन सकिन्छ । यसबाट कपाल झर्ने समस्याबाट छुटकारा दिलाउनुका साथै कपालको अन्य समस्याबाट पनि छुटकारा दिलाउँछ ।
भृङ्गराज

कपालसम्बन्धी समस्याको लागि लामो समयदेखि आयुर्वेदमा भृङ्गराजको प्रयोग हुँदै आएको छ । यसले कपालको सम्पूर्ण समस्याको समाधान गर्छ । यसको पातलाई पिसेर केही पानी मिसाएर लेदो बनाएर कपाल झरेको ठाउँमा लगाउँदा कपाल झर्न रोकिन्छ ।

भृङ्गराजको तेल तथा स्याम्पु दैनिक कपालमा लगाएर मालिस गर्नाले कपाल झर्न रोक्छ र नयाँ कपाल पलाउन थाल्छ । भृङ्गराज स्याम्पुको प्रयोगले कपाललाई बलियो बनाएर कपाल झर्न रोक्छ ।
अदुवा

अदुवाको प्रयोगले पनि कपाल झर्ने समस्यालाई कम गर्छ । त्यसैले, आजभोलि बजारमा अदुवा प्रयोग भएको स्याम्पुहरू आएका छन् । यसको प्रयोगले कपाल झर्न रोक्ने मात्र हैन नयाँ कपाल उमार्न पनि सहयोग गर्छ ।

कपालमा चायाँको समस्या छ भने पनि अदुवाको उपयोग निकै प्रभावकारी हुन्छ । अदुवालाई पिसेर त्यसको रस निकालेर हप्ताको दुईपटक प्रयोग गर्दा कपाल झर्दैन र नयाँ कपाल पलाउँछ ।
अमला

अमलाले कपाललाई बलियो र चम्किलो राख्न मद्दत गर्छ । त्यसका साथै यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ । यसले कपाललाई पोषण दिन्छ । यसका लागि ताजा अमलाको जुस बनाएर कपालमा गोलाकार गतिमा मसाज गरी लगभग ३० मिनेटपछि पखाल्नुपर्छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img