हाँस्य कलाकार मनोज गजुरेल फेरि विवाह बन्धनमा बाँधिनु भएको छ । पहिलो विवाह सम्बन्ध टुटेको चार वर्षपछि गजुरेलले अर्को विवाह गर्नुभएको हो ।
नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह बन्धनमा गाँसिएको गजुरेल आफैले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।आफ्नो फेसबुक एकाउन्टमा आफन्त साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी भन्दै गजुरेलले लमो स्टाटस लेख्नुभएको छ।जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो ।
त्यसैगरी मेरा बाबुनानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुन जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्तत सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।
आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई अनुरोध गर्दै गजुरेलले भन्नुभएको छ।मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित खालका समाचार नबनाई दिनु होला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक भिडियो नबनाईदिनु होला भनी अनुरोध गरेका छन्।



