भवगान् लक्ष्मी माताको पुजा आरधाना गरिदै आयको छ । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरघरमा दियो बाली मनाइन्छ ।
नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघर मै गई भैलो खेल्ने चलन छ। लक्ष्मी भववान् लाई कि धनकी देवी पनि भनिन्छ ।
लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख “ऋग्वेद” को पुरूषसूक्तमा भेटिन्छ । श्रीश्च ते लक्ष्मीश्च ऊषाण । हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् ।
तंत्रागमका अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् । विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन् । केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिदै आएको छ ।
चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता,रूप, व्यवहार राम्रो भएकि ,सम्पन्नता र सुन्दरता , राम्रो भएकि महिलालाई लक्ष्मी जस्तो भनिन्छ तर व्यवहार पनि नराम्रो बोलिचालि नभएकि , म महिला हु भन्ने नहुनुलाई नराम्रो मानिन्छ जस्ता कुरा रहेको छ ।



