खानेकुरा र दिमागबीचको सम्बन्ध निकै खतरनाक छ । एक अनुसन्धानमा खानेकुराले शरीरका अंगहरुमा विभिन्न भावनाहरुको ट्रिगर गर्छ । त्यस्तै, गुलियोले भने डिप्रेशनको भावना पैदा गर्छ ।
डिप्रेशन बढाउन गुलियो सहयोगी:-
चिनी दुई प्रकारको हुन्छ । एउटा सिम्पल सुगर । जुन फलफूल, तरकारी, नट्स जस्ता खानेकुराहरुमा पाइन्छ । अर्को प्रोसेस्ड सुगर । जुन उच्च क्यालोरीयुक्त हुन्छ । जुन चकलेट, ड्रिङ्ग्स, कफी जस्ता चिजहरुमा पाइन्छन् । सिम्पल सुगल खनिज, भिटामिन र फाइबरले भरिपूर्ण हुन्छ ।
सुगरले डोपामाइनको मात्रा बढाउँछ
जब चिनीको सेवन गरिन्छ । त्यसपछि दिमागमा डोपामाइनको मात्रा बढ्न थाल्छ । जसले मुड स्विंग, एन्जाइटी र डिप्रेशनको महसुस गराउँछ । त्यस्तै, जति धेरै गुलियो खानेकुरा सेवन गरिन्छ तब शरीरमा रासायनिक परिवर्तन सुरु हुन्छ ।
दुखाई र तनावका कारण चिनी:-
खानेकुराले हाम्रो दिमागी अवस्थालाई प्रभाव गर्छ । चिनीले मुड गडबढ गर्ने र तनावलाई ट्रिगर गराउने जोखिम बढी हुन्छ । जसले शरीरका अंगहरु सुन्निने गराउँछ । जसको डिप्रेशनको सम्बन्ध हुन्छ । भोक कम लाग्ने, निन्द्राको तरिका परिवर्तन गर्ने र तनाव बढाउने कारक बन्छ ।
यस्तैमा, डिप्रेशनबाट बच्नको लागि इन्सुलिनको स्तर सही राख्ननुपर्छ । यद्यपि, शरीरमा इन्सुलिनको मात्रामा उतार चढाव, मेटाबोलिज्ममा गडबढी पैदा गराउँछ । जसले तौल बढाउँछ भने अन्य विरामीहरुको शिकार बनाउँछ ।



