सुनसरी / इटहरी २ रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा कवि चन्द्र गुरूङको नवकृति कविता सङ्ग्रह ` जब एउटा मान्छे हराउँछ ´ माथि विमर्श कार्यक्रम भएको छ ।
आज शनिबार क्यानभार साहित्य समाज तरहराद्वारा आयोजना गरिएको कार्यक्रममा वक्ता बद्री तिवारी र मिश्र बैजयन्तीले कविता माथि विमर्श गरेका हुन् ।
विमर्श कार्यक्रमलाई कवि विनय सरगमले सहजीकरण गरेका हुन् । वक्ताका रूपमा रहेका कवि बद्री भिखारीले कवि गुरुङका कवितासङ्ग्रहमा सरल र नरम कविताहरू रहेको उल्लेख गरे । ‘कविताहरू सरल र शक्तिशाली छन्,’ भिखारीले भने, ‘मानिस जस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’
कवि गुरुङले रोजगारीका सिलसिलामा प्रवासमा रहँदा भोगेका पीडा, त्यस समयमा नेपालमा भएका परिवर्तनहरु तथा कविले अनुभूत गरेका देशप्रतिको भक्तिभाव उनका कवितामा प्रतिबिम्बित भएको वक्ता भिखारीको भनाइ थियो ।
वक्ताकै रूपमा रहेकी कवि मिश्र बैजयन्तीले गुरुङका कवितासङ्ग्रहमा सामान्यजस्ता कविता लागेपनि असामान्य कविताहरू रहेको ´कविता सामान्यजस्ता लागेपनि कविले कवितालाई मनन गर्न सकेका , ‘कविले कवितामा पहिचानका मुद्वा सशक्त रूपमा उठाएका छन्, बा को अनुहार आफूजस्तै देख्नु भनेको पहिचानको कुरा व्यक्त गरीन् ।
` कविता म भित्र रहेको सुन्दर संसार हो । म यसलाई अझै विस्तार गर्न चाहान्छु , जहाँ सबैको दु:खसुख कथाव्याका लागि पर्याप्त ठाउँ होस् । ´ कवि चन्द्र अटल विश्वासमा म पनि मिसिन चाहान्छु भनी कविता चन्द्र गुरूङले व्यक्त गरेका छन् ।
कविता अन्त्य शालिन विरोह क्षेत्रको रहेको छ । लेखक चन्द्र गुरूङद्वारा लेखिएको कविता गीत गाइरहन्छ , बाको अनुहार , आमा , चराहरूले छोडेर गएपछि , कवि र कविता , पानी नचल्ने मान्छे र परदेशको जीवन माथि वक्ताहरूले विमर्श गरेर सुनाएका थिए ।
उनले लेखेको कविता ´जब एउटा मान्छे हराउँछ´ कवितामा बूढो माझिको देश, आमा , परदेशमा बसेका युवाहरूको भावना कवितामा प्रस्तुत भएको छ ।



