Thursday, June 12, 2025
राजनीतिओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन तयार हुदाँ पनि प्रचण्डकै कारण नेकपा फुटेको...

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन तयार हुदाँ पनि प्रचण्डकै कारण नेकपा फुटेको बामदेवको आरोप

spot_img

काठमाडौं। राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट्नुको कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाएका छन्।

उनले शनिबार नेकपा एकता राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन्। अभियानका संयोजक रहेका गौतमका अनुसार प्रचण्डले राजनीतिक प्रतिवेदनमा लेखिएका आरोप फिर्ता नलिँदा नेकपा विभाजन भएको बताए।

-Ads-

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन तयार भइसक्दा पनि प्रचण्डले आरोप फिर्ता नलिएको उनको भनाइ छ।

यसैबीच नेकपा पुनरोदयका लागि उनले केही प्रस्ताव पनि गरेका छन्। गौतमले पार्टी एकताका लागि वार्ता थाल्ने बताएका छन्।

उनले सो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी एकताको लागि वार्ता कमिटी बनाउने प्रस्ताव गरे। उनले भनेका छन्, ‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं।’

जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने उनको भनाइ छ।

सो क्रममा उनले दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने प्रस्ताव गरेका छन्। एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुने उनको भनाइ रहेको छ।

गौमतले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिने पाउने व्यवस्था गर्ने प्रस्ताव पनि गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img