- उमा कडेल
सबैले सोध्छन्… हालखबर के छ?
नसोध न हो, बेहाल छ!
समय आएपछि आँफै बताइदिउँला।
सुर बिनाको संगीत जस्तै बेताल छ!
नियतिले ठग्यो या भाग्यले,
जिन्दगी आँफै बेहाल छ!
सक्छौ खुट्टा तान, छुरा हान;
थपडी बजाउ, मेरो खबर बेताल छ!
आँट गरेको थिएँ सगर सयरको,
धर्तीको उचाइले पुगेन, बेहाल छ!
सहानुभूति, पर्दैन भो नदेउ
यस्तैमा रुमल्लिँदैछु, बेताल छ!
पुरै ब्रह्माण्ड हेर्ने दिव्य चक्षु,
भो चाहिँदैन मलाई, बेहाल छ!
भोज गर, खुशियाली मनाउ;
मेरो त खबर यस्तै छ, बेताल छ!!!
उमा कँडेल हेम माविकी शिक्षिका हुन् ।