- दीपा मग्राती
तँलाई थाहा छैन
म हारेकै कारण तैंले जितेको छस्
म राेएकै कारण तँ हाँसेकाे छस्
म रामे काकाकाे हली बनेकै कारण
तँ स्कुल पढ्न पाएकाे छस्
अनि तँ मलाई भन्छस्
बाबा “च्यातिएकाे कमिज सुरुवाल
र गाँसेकाे चप्पल लगाएर मेरो स्कुल नआउनु
खाेकिलामा नाम्लाे च्यापेर र च्यात्तिएको टाेपी लगाएर साथीहरुकाे अगाडि छाेरा भनेर नबाेलाउनु” खै कस्तो जमाना आयाे?
कालाेलाई कालाे भन्न पाउँदिनँ
सेताेलाई सेताे भन्न पाउदिनँ
तबै छाेरीले ताेते बाेलीमा परदेशीएकी आमाको बारेमा साेध्छे “बाबा! आमा तै ? हाम्लाई नि मिला र सुमित्लाकाे दत्तै नयाँ लुगा तैले ल्याई दिनुन्त ?
थिताे ल्याई दिनुत् न है ?
अँ बाबा म पनि नयाँ लुगा लगाएल मिला र सुमित्ला दत्तै गाउँभली देखाउँतु परदेशबाट उनले भन्छिन् “छ्या कस्तो कुलाङ्गारसँग परिएछ?”
सक्दिनँ अब म तँलाई र तेराे सन्तानलाई पाल्न
चाेट लाग्दा तिमीहरूकाे मलम बन्न सक्दिनँ भने
तिमीहरूकाे अभाव पूर्ति गर्न सक्दिनँ भने
तिमीहरू मुस्कुराउने कुनै सहयोगी बन्न सक्दिनँ भने
भयो अब आउँदिन तिमीहरूकाे जीवनमा
सधैं सधैंकाे लागि जानेछु तिम्राे हातमा हाम्रो यादहरु थमाएर ।।
- दीपा मग्राती भोजपुरको हतुवागढी हाल धरान सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टी ब्याचलर प्रथम वर्षमा अध्यनरत विद्यार्थी हुन् ।