Sunday, April 20, 2025
समाजरवि लामिछानेविरुद्ध युवराज पौडेलको उजुरी प्रहरीद्वारा अस्वीकार
spot_img

रवि लामिछानेविरुद्ध युवराज पौडेलको उजुरी प्रहरीद्वारा अस्वीकार

काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न मागसहित युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।

नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले उक्त जाहेरी दर्ता अस्वीकार गरिएको प्रहरीले जनाएको छ ।

जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल नियन्त्रणमा लिन र आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउन माग गरिएको छ ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गरेको थियो । सर्वोच्चले दोषी ठहर गरेसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका थिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img