सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको मुन्धुम पद मार्ग पर्यटकको पर्खाइमा रहेको छ ।
चखेवा डाँडा , टेम्के डाँडा सोही ठाउँको टेम्के मन्दिर , हाँस पोखरी र साल्पासिलिचुङ यस मुन्धुम पदमार्गका मुख्य पर्यटकीय स्थल प्रचुर मात्रा रहेकाले पर्यटकको पर्खाइमा रहेको छ । भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ।
खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ।
पुर्वबाट धरान , भेडेटार , धनकुटा हिले हुँदै भोजपुर बजारबाट पश्चिम खोटाङको जाने सडकमार्ग हुँदै चखेवा भन्ञ्याङ बाट जान सकिन्छ । चखेवामा रहेको होमस्टेमा बास बसेर अर्को दिन मुन्धुम जान सकिन्छ । यता, काठमाडौंबाट खोटाङ दिक्तेल चखेवा भएर पनि मुन्धुम जान सकिन्छ ।
पदमार्ग भन्ने साथ पैदलयात्रा गरेर जाने ठाउँ हो । टेम्केको केही वर रहेको खोटाङको सिमाना छुट्टिने चखेवा डाँडा बाट पदयात्रा गरेर मुन्धुम पदमार्ग पुग्न सकिन्छ । बर्खामास तथा फागुन चैतको समयमा यहाँ हरियाली हुने , गुराँस फुल्ने गर्दछ भने मनोरम दृश्य देख्न सकिन्छ ।
पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । शितल हावापानी खान तराईका व्यक्ति वा पर्यटन तथा अन्तरिक तथा बाह्य पर्यटक पनि मुन्धुम पदमारर्ग आउने गरेका छन् ।
किराती सभ्यता, संस्कृति र जीवनदर्शनको समग्र रूप मुन्धुम हो । किराती राई बहुल क्षेत्रमा पर्ने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो। समुद्री सतहबाट २ हजार ३०० मिटरमा रहेको चखेवादेखि ४ हजार ११० मिटरको सिलिचुङ डाँडा प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैली, मिथक, आस्था र किराती संस्कृतिको संगम हो।
मुन्धुम ‘ट्रेल’ जाँदा भोजपुर र खोटाङको सीमा क्षेत्रमा ठूल्ठूला खर्क तथा डाँडाकाडाको दृश्य , चेरीडाँडा, मलुवा पोखरी,दलसिंगे भन्ञ्याङ ,धोद्रे देउराली ,तीन थुम्की , जलजले हुँदै यहाको महत्त्वपूर्ण मनोरम दृश्य अवलोकन गर्दै मुयुङ डाँडा जान सकिन्छ । गाई गोरुर चौरी ,भेडा चरनमा आउदा यहाँ देखिएको आनन्द छुट्टै मिल्दछ । चौंरीगोठ र भेडगोठ यस भेकका खास विशेषता हुन्।
मुन्धुम पदमार्ग क्षेत्रका विभिन्न स्थानमा विविध तिथि र दिनहरूमा धार्मिक-सांस्कृतिक तथा विशुद्ध मनोरञ्जनात्मक मेला लाग्छन्। पदमार्गमा पर्ने खर्कमा मौसमी गोठहरू छन्। ती फागुनदेखि गाउँदेखि मास्तिर सर्दै जान्छन् र असोजसम्ममा गाउँ झरिसक्छन् । चैतदेखि भदौसम्म खर्कहरू पशुले भरिभराउ हुन्छन्। पदमार्ग क्षेत्रमा चौंरी, भेडा, बाख्रा र गाईभैंसीका सयभन्दा धेरै गोठ छन्।
हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी र विश्वमै कम दृश्यावलोकन गर्न सकिने प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यावसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्याउने गर्दछ ।
त्यस्तै, भोजपुरको उत्तर पश्चिम र खोटाङको उत्तर पूर्वी सिमाना दुई जिल्ला बीचको टेम्केमैयुङ गाउँपालिकाको संगमस्थल स्थलमा रहेको अर्को मैयुङ डाँडा । यो भोजपुरको तत्कालीन दोभाने, खार्ताम्छा, किमालुङ र तिम्मा गाविस र खोटाङको तत्कालीन फेदी गाविसको बीचमा पदर्छ ।
मैयुङ डाँडा मुन्धुम ट्रेल पदमार्ग मध्य भागमा अवस्थित छ । मैयुङको नामकरण किराँत राई बान्तवा भाषाको ‘माङयुङ’ वाट अपभ्रंस भई मैयुङ भएको पाइन्छ । यहाँबाट ८ हजार मिटर अग्ला ६ वटा हिमालहरु जस्तै : सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयु, ल्होत्सेसार लगायत हिमाल देख्न सकिन्छ ।
मनमोहक पर्यटीकय स्थल मैयुङ डाँडाको माथिल्लो भागमा सत्ययुगमा रानीले तान बुन्न प्रयोग गरेको ठूला र चेप्टा चट्टानसमेत अवलोकन गर्न सकिन्छ । ३ हजार ३ सय ५० मिटर अग्लो मैयुङ डाँडा हिमालको काखैमा रहेको मैयुङ डाँडा गोरुको काँध जस्तै गरी मैयुङ चुचुरो माथितिर उठेको छ ।
मुन्धुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी बढेको छ । स्थानीय सरकारले पनि यस क्षेत्रको पदयात्रा गर्नका लागि विकास गरेको छ । गत वर्षको पटर्यटन वर्ष २०२० को एक गन्तव्यको रुपमा लिन सकिन्छ भने अहिले पनि मुन्धुम पर्यटकीय भनेको छ ।