Saturday, April 19, 2025
समाजपशुपतिमा लाखौंको भ्रष्टाचार डिल, सूचना पुग्यो पर्यटनमन्त्रीसम्म
spot_img

पशुपतिमा लाखौंको भ्रष्टाचार डिल, सूचना पुग्यो पर्यटनमन्त्रीसम्म

काठमाडौं । पशुपतिनाथ मन्दिरको नियामक संस्था पशुपति क्षेत्र विकास कोषमा लाखौंको भ्रष्टाचार डिल भएको सूचना पर्यटनमन्त्री सुदन किरातीसम्म पुगेको छ ।

मंगलबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगको ब्रिफिङका क्रममा मन्त्री किरातीले पशुपतिनाथमा भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको सूचना पाएको खुलाएका हुन् ।

मन्त्री किरातीले कसले भ्रष्टाचारका लागि कसले डिल गरेको भन्ने नखुलाए पनि पशुपतिमा फूल बेच्ने, फोटो खिच्ने र सटर भाडामा लिनेहरुसँग भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको बताएका हुन् ।

मन्त्री किरातीले भने– ‘यो पवित्र पशुपतिमा अपवित्र कुरा सुनिन्छ । म यै हो त्यै हो भन्दिन । तर, एउटा कुरा चाहिँ मैले भन्नु पर्छ– यहाँका फूल बेच्नेले महँगो बेच्दा किन महँगो हुन्छ भन्दा मन्त्रीलाई पैसा बुझाउनु पर्छ, सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ आरे । एउटा सटर भाडामा लाउने कुरामा लाखौंको डिलिङ हुन्छ, खै यहाँका फोटो खिच्ने मान्छेहरू कहाँ गए आज ? प्रमाण पेस गर्नु नपरोस् । एक लाख हो ? दुई लाख हो ? पाँच लाख होर डिल ? २० लाख पनि होइन, लाखौं लाख । के सुन्नु परेको यो पशुपतिनाथमा मैले ?’

मन्त्री किरातीले मन्त्री र सचिवलाई पैसा बुझाउनु पर्छ भन्दै पशुपतिमा भ्रष्टाचार हुने गरेको भन्दै कुन चाहिँ मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्ने हो नाम दिनुस् भन्दै नाम समेत मागेका छन् ।

मन्त्रि किरातीले भने– ‘कुन चाहिँ मन्त्रीलाई बुझाउनु भयो ? कुन सचिवलाई दिनु भयो ? नाम दिनुस् पत्रकारहरूको अगाडि पढेर सुनाउँछु । भगवानमाथि भ्रष्टाचार गर्ने ? फूल व्यापारीसँग कसले पैसा उठाउँछ ? मन्त्रीलाई बुझाउनुपर्ने, सचिवलाई बुझाउनुपर्ने भनेर नाम किन लिइन्छ ? किन गरिन्छ बदनाम ? मन्त्री र सचिवलाई बुझाउनै पर्छ तपाईं ? पशुपतिनाथको माटोमा उभिएर दुधको दुध पानीको पानी तपाईंहरुले भन्नु पर्छ ।

मन्त्री किरातीले पशुपतिमा शव जलाउने क्रममा समेत शोषण हुने गरेको सुनेको बताएका छन् । सेवा दिनुको साटो शोकमा रहेकाहरुलाई शोसन हुने गरेको मन्त्री किरातीको भनाइ थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img