साहित्यदेवीप्रसाद मिश्रको "युवा आह्वान"

देवीप्रसाद मिश्रको “युवा आह्वान”

छन्द :”इन्दिरा”
शीर्षक: “युवा”

द्रुत दिमागिला हे,युवाजन
किन,युरोपकाे हुन्छ चिन्तन?
बल विशालका साउदी गए
असक मात्र याे राष्ट्रमा रहे।।१।।

जन अभावमा खाेँच कन्दरा
सकल बाँझिए खेतका गरा
बयल दाउने भाँचियाे जुवा
फिर न देशका साहसी युवा।।२।।

कनकमञ्जरी , इन्दिरासित
वन गरा घुमी कर्म सञ्चित
गरिरहे यतै हाँस्द छिँन् धरा
हरित कन्दरा बन्दछन् हरा।।३।।

श्रम विभागका नीति खातिर
उठ तिमी यतै मिल्छ आदर
विविध काण्ड छन् राष्ट्रघातक
छुट कुनै नहून् पार सार्थक।।

जन समक्षकाे ओजिलाे मियाे
बन र बाल याे राष्ट्रमा दियो
सकलमा मिलाेस् कर्मकाे खुवा
जुट यतै सदा जाेसिला युवा।।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img