Sunday, September 15, 2024
साहित्य'गाह्रो छ नेता हुन'

‘गाह्रो छ नेता हुन’

उज्यालो छन्दशाला (अभ्यास)

बन्दैछन् अहिले चलाख जनता संज्ञानले अब्बल
जस्तै बात गरूँ कुँदेर दिलले मान्छन् सबै हुन् छल।।
चाटूँ भाषणले दिमाग कसरी गुञ्जन्छ उल्टाे धुन।
अर्कोखेप,चुनाव जित्नु छ अझै गाह्रो छ नेता हुन।।१।।

याेगी बन्न भनेर हाे कि, किन हाे नेता भएको तिमी।
भन्दै छिन् गृहणी तुरुन्त पहिले जाेडाैँ सुनाैलाे जिमी।।
भ्रष्टाचारविना भरिन्न गमला चाहिन्छ कालाे धन।
पर्दा खुल्छ छिटै स्वरूप चिनिने गाह्रो छ नेता हुन।।२।।

गाह्रो जित्न चुनाव बल्ल जितियाे खट्काे छ अर्को ठुलो।
काे जाने सरकारमा छ परकाे तैनाथ जाेख्ने तुलाे।।
राख्दै सर्त अनन्त बल्ल पुगियाे उक्लेर सिंहासन
अर्काकैका भरमा छ सांसद थलाे गाह्रो छ नेता हुन।।३।।

भाेका पेट कराउँछन् बगरमा भेटिन्न भन्दै नुन
काेही हुन्छ अजीर्ण एकछिनमा थापेर धाेक्राे सुन।
दाेषीकाे उपकार गर्न नसके थामिन्न सिंहासन
मात्रै सत्य जपेर चल्छ कसरी गाह्रो छ नेता हुन?।।४।।

वृद्धावृद्ध तथा युवा मगजमा तेजाब हालाैँ कति।
कब्जा गर्नुछ न्याय मन्दिर न ता आफ्नै हुने दुर्गति ।।
शिक्षाकाे रुख जीर्ण पार्न नसके बन्छन् चलाखीजन।
छेक्छन् मार्ग र झार्दछन् डगरमा गाह्रो छ नेता हुन।।५।।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img