डोली चढ्नु अघि मलाई
विष पिलाइ मारिदिनु
सवाल पक्कै आउँछ होला
बहानामा टारी दिनु ।
तिम्रो घरको बाटो हुँदै
लास मेरो बोकी लादा
गोही आँसु किन नहोस्
दुई थोपा झारिदिनु ।
घाटमा आउन पाउदिनौ
तर पनि टाढैबाट
मेरो नामको एउटा फुल
चितामाथि पारिदिनु ।
आउन सक्छ याद बनेर
झझल्कोमा कहिले काहिँ
अङगाले वर्तमानलाई
अली पर सारीदिनु ।।