साहित्यहिंसा भए दुर्गति - देवीप्रसाद मिश्र

हिंसा भए दुर्गति – देवीप्रसाद मिश्र

छन्द- शार्दूलविक्रीडित

हाम्रा नाक मिलापमा अघि छँदा मान्थ्याैँ सदा गाैरव।
हेर्दा आज सदैव हुन्छ झगडा निष्कर्ष के हाे अब ?।।
नेप्टे नाक चुचे र,मध्यम भनी खाका निकाल्याैँ जब।
आफ्ना नाक पसे,सदा कलहमा के गर्नुपर्ला अब।।१।।

तानातान छ नाकका विषयमा तेराे र मेराे भनी।
हानाहान गरेर दुच्छर बने यी नाक छन् बैगुनी।।
हाम्रा नाक सबै मिलून् सकलमा हिंसा भए घात छ।
सारा नाक मिलेर बस्न सकिँदा सम्पूर्ण सद्भाव छ ।।२।।

मेरो नाक ठुलो थियो अघि सबै मान्थे र झुक्थे जन।
भन्दैछन् कतिले भए सबजना मेरा तिनी दुस्मन।।
आयाे खाेस्न लखेट्छु दिन्न म,भनी गर्जन्छ अर्कोजन।
सीमा नाग्छ,तनाव झुल्छ रणमा अर्पिन्छ आफ्नो तन।।३।।

खाल्डाे आज छ नाकका विषयमा याे बुझ्न गाह्रो भयो ।
हाम्रा नाक जुधे उता अब यता अस्तित्व हाम्रो गयो।।
उस्तै राख्नुछ नाक इज्जत भने सत्कार्य राम्रो गर।
भुल्छाै सत्य भने अझै सुजन हाे त्याे नाक जाला पर?।।४।।

हाम्रा नाक अगाडिका जति थिए ल्याएर जम्मा गर।
भन्दै छन् कतिले म दिन्छु बदला यी नाक हुन् सुन्दर।।
यस्तै नाक र सासका विषयमा खाका यहाँ छन् कति ?
राखौँ तथ्य प्रमाण आज सबले हिँसा भए दुर्गति।।५

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img