Thursday, October 10, 2024
देशसंक्रमण बढेको भन्दै भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

संक्रमण बढेको भन्दै भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

spot_img

काठमाडाैं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरे ।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नु/गराउनु हुन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नु/गराउन आग्रह गरिएको छ ।

विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्न/गराउनु हुन तथा स्यानिटाइजरको व्यवस्था गर्नु/गराउन, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भीडभाड हुने प्रकृतिको व्यावसायिक तथा मनोरञ्जनस्थल, रंगशाला आदिजस्ता सार्वजनिकस्थलमा मास्कको अनिवार्य प्रयोग गर्न, स्वास्थ्य संस्थाले संक्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न गराउन आग्रह गरिएको छ ।

कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी थप बलियो र प्रभावकारी बनाउन, भीडभाड हुने स्थानमा कोभिड–१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदम चाल्न अनुरोध गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img