काठमाडौं / विगतको तुलनामा आउदैगरेको दसैँमा डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको छ ।
साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको नेपाल आयल निगमले जनाएको छ ।
साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो । दसैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने भएको छ । चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहज रूपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको नेपाल आयल निगमले जनाएको छ ।