सुनसरी / मोरङको सुनवर्सी नगरपालिका- ४ मा पुरुषको शव फेला परेको छ ।
हिजो बिहीबार कामका लागि हिडेका सुनवर्षी नगरपालिका-४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादवको शुक्रबार शव फेला परेको हो । उनको ह´त्याको आशंका गरिएको प्रहरीले जनाएको छ । धामी काम गर्न भनि घर बाट हिडेको उनी घरदेखि करिब दुई किलोमिटर टाढा भित्री सडक खण्डमा मृत भेटिएका थिए । उनको पेटका गम्भीर चोट छ ।
मोरङका डिएसपी दीपक श्रेष्टका अनुसार
प्रहरीका अनुसार बिहीबार उनी प्रदेश– १–०२–०४४ प.३२६१ नम्बरको मोटरसाइकलमा निस्कीएका थिए । शुक्रबार बिहान भित्री सड्क खण्डको बाटोमा मोटरसाइकल भेटिएको थिय ।
मोटरसाइकल भएको स्थानबाट करिब १० मिटर दक्षिण बाटोमा उनको शव फेला परेको थियो ।घटना संकास्पद देखिएकोले इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरसहित घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।