Friday, October 4, 2024
देशनेपालमा कोरोनाको नयाँ सव–भेरियन्ट भेटियो

नेपालमा कोरोनाको नयाँ सव–भेरियन्ट भेटियो

काठमाडौं / नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव- भेरियन्ट (एक्सबीबी) भेटिएको छ ।

नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको छ । विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संक्रमित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img