Monday, April 21, 2025
देशसागका ऐतिहासिक स्वर्ण विजेता संगीता म्यादी प्रहरीमा
spot_img

सागका ऐतिहासिक स्वर्ण विजेता संगीता म्यादी प्रहरीमा

काठमाडौं । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेका कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएका छन् ।

पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ ।

पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनले स्वर्णपदक जितेका थिए । त्यस्तै देशमै भएको १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग)मा उनले पहिलो पटक कुस्तीबाट स्वर्ण जितेका थिए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएका धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आएका छन् । बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ ।

धामी म्यादी प्रहरीमा भर्नासँगै यहीबीचमा नवौँमा स्वर्ण जितेर फर्किएका हुन् । सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उनको भनाइ छ । खेलकुद र पढाइलाई निरन्तरता दिएका सङ्गीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोखे ।

खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उनको भनाइ छ । ‘पदक दिलाउने खेलाडीलाई पालिकास्तरसम्म भएपनि जागिरको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘शरीरमा ताकत हुँदा खेलेपनि पछि गएर जिविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो ।’

उनले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताए ।

सङ्गीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्णपदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच–६ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन् ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

उनले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताए । नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img