Tuesday, October 15, 2024
देशकोशी प्रदेशमोरङमा छठ पूजामा आएका एक बालकको ह'त्यामा संलग्न पाँचजना पक्राउ

मोरङमा छठ पूजामा आएका एक बालकको ह’त्यामा संलग्न पाँचजना पक्राउ

spot_img

सुनसरी / मोरङमा छठ पूजामा आएका एक बालकको ह’त्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अनुसार झापाको दमक नगरपालिका- १० आमवाडीका १४ वर्षीय दियुस श्रेष्ठको ह´त्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । छठको मेला हेर्न मोरङ र झापाको सीमानामा पर्ने मावा खोलामा आएको बेला आइतबार राति उनीमाथि छुरा प्रहार भएको थियो उनको उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका- ६ चन्द्रमा चौक बस्ने १७ वर्षीय बस्नेत, सोही वडाको वानडाँडा बस्ने १७ वर्षीय खवास, तामाङ, पानीट्यांकी बस्ने १६ वर्षीय माझी र तरूण चौक बस्ने १६ वर्षीय खत्री थरका किशोर छन् । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १८ वर्ष मुनीका पाँच किशोरलाई पक्राउ गरेको हो । छठ पूजामा मृतक श्रेष्ठले मुख छाडेको निहुमा छु’रा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘मृतक र संलग्नबीच पुरानै चिनजान भएको देखिन्छ, मेलामा भनाभन र मुख छाडेपछि छुरा प्रहार भएको खुलेको छ,’ प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका पाँचजनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img