Wednesday, January 15, 2025
देशमोरङको बुढिगंगामा मनमोहन अधिकारीको प्रतिमा

मोरङको बुढिगंगामा मनमोहन अधिकारीको प्रतिमा

सुनसरी / मोरङको बुढिगंगा गाउँपालिकाको मनमोहन विश्व विद्यालयमा रहेको मनमोहन अधिकारीको प्रतिमा । उनकै नाममा विद्यालयमा बनेपछि उनको प्रतिमा राखिएको हो ।

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारी हुन । अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता थिए । बिक्रम संबत १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मिएका थिए । अधिकारीको ०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन भएको थियो ।

अधिकारी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए । नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्ताका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए ।

स्वदेश तथा विदेशमा गरी १४ बर्ष जेल जीवन बिताउनुभएका मनमोहन अधिकारीले लामो समय नेकपा (माक्र्सवादी) मार्फत् पञ्चायतविरोधी संघर्षमा नेतृत्व गरेका थिए । २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को अध्यक्ष बन्नुभएका पूर्व प्रधानमन्त्री अधिकारी त्यसउप्रान्त लगातार एमाले अध्यक्ष समेत भएका थिए ।

मनमोहन नेतृत्वको सरकारले नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img