Saturday, February 15, 2025
देशकोशी प्रदेशइटहरीका लालबहादुर विश्वकर्माले उच्च अदालत विराटनगर बाट सफाइ पाए

इटहरीका लालबहादुर विश्वकर्माले उच्च अदालत विराटनगर बाट सफाइ पाए

सुनसरी / ठगी तथा बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई पुर्पक्षका लागि झुम्का कारागारमा रहेका इटहरी-१९ का लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् ।

उच्च अदालत विराटनगरले विश्वकर्मामाथि लागेको आरोप प्रमाणित नहुने भन्दै निर्दोष ठहर गरी थुनामुक्त गरिदिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश बेरितको ठहर गर्दै बदर गरिदिएको हो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो । लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो ।

तरहरामा सञ्चालनमा रहेको सिंहदेवी ज्वेलर्सविरुद्ध बचतकर्ताहरुले उजुरी हालेका थिए । उजुरीमा ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो ।

२०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरुद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो । जसमा लालबहादुरलाई ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा बिगो र ७० हजार जरिमानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो ।

लालबहादुर कालीगढ मात्र हुन् । ज्वेलर्स सञ्चालकले अह्राएअनुसार रकम बुझेको हस्ताक्षर गरेका कारण उनी पनि अनुसन्धानमा तानिएका थिए । सोहीक्रममा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ३ गते शुक्रवारको भाग्यफल

spot_img