देशअफगानि नागरिक व्यक्तिलाई नेपाल नछिर्न दिन नेपाल र भारतका खुला नाकामा कडाइ

अफगानि नागरिक व्यक्तिलाई नेपाल नछिर्न दिन नेपाल र भारतका खुला नाकामा कडाइ

काठमाडौं:अफगानि अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौमा भेटिएपछि थप नेपाल नछिर्न दिनका लागि नेपाल – भारतका खुला नाकामा कडाइ सुरू गरिएको छ ।

सो क्रममा नेपालगञ्जस्थित नेपाल र भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट नेपाल आउनेलाई आउन दिएको छ । तालिबानिको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यलय जमुनाहाले जनाएको छ ।

खुला नाकाका कारण अफगानिहरू बाँके हुदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सइ मीनबहादुर विष्टले बताउनु भएको छ ।

उनले शङ्का लागेका मानिससँग सोधपुछ गरेर उनीहरूबारे निश्चित भएपछि मात्रै आवागमन गर्न दिइएको बताए ।
सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बन्धमा कडा निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।, यो समाचार नेपाल टाइम्सबाट साभर गरिएको हो

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img