Friday, March 28, 2025
देशअटो तथा रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना

अटो तथा रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना

जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले अटो तथा रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको छ । त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा बुधवार अटो तथा रिक्सा चालकलाई ट्राफिक नियमको बारेमा जानकारी मूलक प्रशिक्षण दिएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको पछिल्लो तथ्यांकमा अटो रिक्सा बढी दुर्घटनामा परेको देखाएको छ । सवारी दुर्घटनामा अटो रिक्सा बढी हुन थालेपछि सुरक्षित यात्राका लागि सचेत गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले चालकको पहिलो जिम्मेवारी भनेको सुरक्षित यात्रा र गन्तव्य रहेको बताए । एसपी बोहराले चालक एक जिम्मेवार पात्र रहेकाले आफू र आफ्नो सवारीमा सवार यात्रुलाई सुरक्षित गर्नु चालकको पहिलो कर्तव्य रहेको बताएका छन् ।

बोहराले चालकलाई पैसाको लागि मात्र पनि व्यवसायमा नलाग्न आग्रह गरे । पैसाको लागि मात्र पेसामा लाग्दा दुर्घटनाको जोखिम बढेर जाने उनले बताए । चालक एक समाजसेवाको पेसा भएको उनले बताएका छन् ।

सवारी नियम कडाइका साथ लागू भएको हुँदा लाइसेन्स अनिवार्य चाहिने उनले सुझाव दिएका थिए । लाइसेन्स चालकको लागि एक महत्त्वपूर्ण प्रमाण  एसपी बोहराले बताए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज लीलाराज श्रेष्ठका अनुसार जिल्ला भरी करिब ७ सय अटो रिक्सा रहेको जनाएको छ । गत आर्थिक वर्षमा २३४ सवारी दुर्घटना मध्ये २४ अटो रिक्सा दुर्घटना परेको जनाउँदै यो निकै जोखिम र लापरबाही रहेको जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img