काठमाडौं । भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका दुई टिभी च्यानलमा सूचना तथा प्रशारण विभागले छापा मारेको छ । विभागले आइतबार आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनमा छापा मागरेको हो ।
अनुगमन टोलीले दुवै टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ । पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि विभागले छानविन थालेको हो ।
गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सो टेलिभिजन उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसमेतको उपस्थिति थियो ।नेपालमा कुनै पनि टिभी च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ । तर सञ्चालन हुन लागेको दुवै टिभि विभागमा दर्ता नभएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउनु हुन्छ ।
राष्ट्रिय प्रशारण ऐन २ हजार ४९, राष्ट्रिय प्रसारण नियमावली २ हजार ५२ र प्रसारण सम्बन्धी निर्देशिका २ हजार ६० र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै टेलिभिजन सञ्चालन गर्न पाउने कानूनी व्यवस्था छ ।