काठमाडौं : सरकारले अब १८ वर्षभन्दा माथिकालाई कोरोना विरूद्वको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ ।पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिकालाई सबैलाई नियमीत खोप लगाउन थालिएको जानकारी दिएका छन् ।
उहाँले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेका छन् । सरकारले आगमी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ । अहिलेसम्म कुल जनसंख्याको ३० प्रतिशत जनसंख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गर्ने गरिएको छ ।
काठमाडौं जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौंका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेका बताएका छन् ।