Sunday, February 16, 2025
देशराष्ट्रिय बुद्धिचाल प्रतियोगिता: उपाधि नजिक रुपेश जैसवाल र सिन्दिरा जोशी

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता: उपाधि नजिक रुपेश जैसवाल र सिन्दिरा जोशी

हेटौंडा  | नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन्। प्रतियोगिताको आठौं चरणको खेल सम्पन्न भएसँगै उनीहरू शीर्ष स्थानमा रहेका छन्।

२५औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले सीएम नवीन तण्डुकारलाई पराजित गरेका छन्। यसअघि उनले युवा खेलाडी पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए। रौतहटका रुपेशले प्रतियोगितामा २३०५ रेटिङ्ग पर्फोमेन्स प्रदर्शन गर्दै ३३.८ रेटिङ्ग अंक वृद्धि गरेका छन्। उनले २०९३ रेटिङ्गबाट खेल प्रारम्भ गरेका थिए।

हेटौंडास्थित होटल सामनाको सभाहलमा जारी प्रतियोगितामा एफएम क्षितिज भण्डारी, पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान ५.५ अंक जोड्दै संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन्। मकवानपुरका क्षितिजले २०९१ रेटिङ्ग स्तरको खेल खेल्दै ६.५ रेटिङ्ग वृद्धि गरेका छन् भने पुरुषोत्तमले २०९० को स्तरिय खेल प्रदर्शन गर्दै २२ रेटिङ्ग वृद्धि गरेका छन्। वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीले २१३५ रेटिङ्ग पर्फोमेन्स देखाउँदै ३२.८ रेटिङ्ग अंक बढाएका छन्।

प्रतियोगितामा सिएम शुश्रुत दहाल ५ अंकसहित तेस्रो स्थानमा छन्। झापाका शुश्रुतले २०४२ रेटिङ्ग पर्फोमेन्स प्रदर्शन गर्दै व्यक्तिगत ५ रेटिङ्ग अंक वृद्धि गरेका छन्। दोलखाका आशिष फुँयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४.५ अंक जोड्दै चौथो स्थानमा रहेका छन्।

दशौं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान महिला नेपाल च्याम्पियन सिन्दिरा जोशी पुन: उपाधि नजिक पुगेकी छिन्। काठमाडौंकी सिन्दिराले ६.५ अंक जोड्ने क्रममा पाँच खेलमा जीत र तीन खेल बराबरी खेलेकी छिन्।

महिला स्पर्धामा नयाँ उदीयमान खेलाडी बाँकेकी इशा गिरि र काठमाडौंकी एञ्जल महर्जनले समान ६-६ अंक जोड्दै संयुक्त दोस्रो स्थान ओगटेका छन्। इशाले एक हार, पाँच जीत र दुई खेल बराबरी खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी छन् भने एञ्जलले दुई खेलमा हार व्यहोर्दै ६ खेलमा जीत निकालेकी छिन्।

मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र पाँच जीतका साथ ५.५ अंक जोड्दै तेस्रो स्थानमा रहन सफल भएकी छन्। कीर्तिपुरकी बिनिता कपालीले तीन हार र पाँच जीत निकाल्दै उत्कृष्ट प्रदर्शन गरेकी छन्।

महासंघका महासचिव धरम बहादुर लामाले खेलाडीलाई प्रतियोगिताको समयमा रिफ्रेसमेन्ट दिन हेटौंडा सहिद पार्क, मकवानपुर गढी र अन्य पर्यटकीय स्थलहरूमा भ्रमण गराइएको जानकारी दिए।

प्रतियोगिताको अन्तिम दुई चरणका खेलहरू शुक्रबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img