देशसात दिने ‘अल्टिमेटम’ दिँदै सांसद शाहीले गराए वायुसेवा निगमको ध्यानाकर्षण

सात दिने ‘अल्टिमेटम’ दिँदै सांसद शाहीले गराए वायुसेवा निगमको ध्यानाकर्षण

नेपाल एयरलाइन्सको जहाज पठाउन माग गर्दै नेपाल वायु सेवा निगमको क्षेत्रीय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण गराइएको छ । कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीको नेतृत्वमा बिहीबार गएको डोल्पालीहरूको टोलीले लिखित पत्रसहित क्षेत्रीय प्रबन्धकको ध्यानाकर्षण गराएको हो ।

सरकारी जहाज नेपाल एयरलाइन्सले कर्णालीका रुकुम पश्चिम, जुम्ला, मुगुलगायत जिल्लामा नियमित उडान गरे पनि दुर्गम जिल्ला डोल्पामा अहिलेसम्म उडान नगरेर विभेद गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । डोल्पाली नागरिकका लागि भरपर्दो यातायात साधनको रूपमा रहेको नेपाल एयरलाइन्सले नियमित उडान गर्नुपर्ने माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको सांसद शाहीले बताए ।

डोल्पासम्म सडक सञ्जालको राम्रो सुविधा नहुँदा बिरामी, विद्यार्थी र आम सर्वसाधारणलाई जिल्ला बाहिर आवत–जावत गर्न ठूलो समस्या झेल्नु परेको शाहीको भनाइ छ ।

नेपाल एयरलाइन्सले हप्तामा तीन वटा उडान गरे पनि नियमित उडान नहुँदा डोल्पाका नागरिकले निकै सास्ती खेप्नुपरेको उनले बताए । जुफाल विमानस्थलमा उडान गरिरहेका तारा, समिटलगायत निजी एयरलाइन्सले पावर र पहुँचका आधारमा टिकट वितरण गर्ने भएपछि सर्वसाधारणले हवाई टिकटको ठूलो सास्ती खेप्नु परिरहेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img