अर्थ व्यापारइटहरीमा स्थानीय प्रशासनले गर्यो बजार अनुगमन

इटहरीमा स्थानीय प्रशासनले गर्यो बजार अनुगमन

असोज १६, सुनसरी : इटहरी उपमहानगरपालिकाको बजार अनुगमन संघ या संस्थाले बजार अनुगमन गरेको छ ।हिजो बिहान ईटहरी बजारका नौ वटा होलसेल , खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।

उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयकामा खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन डा बजार के कस्तो छ भनी बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी सामान बिक्री गरेको पाइएको छ । तीन वटा पसलको नवीकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नवीकरण गर्न र लेबल गरेर मात्र समान बेच्न नोिर्देशन दिइएको छ ।

इटहरीमा समय मिलाएर बजार बजार अनुगमनका कारण म्याद गुज्रिएका सामान थन्क्याउने प्रयोजनका लागि छुटटै ठाँउको व्यवस्था गर्न र लेबल लगाएर मात्र समान बेच्न थालिएको छ।डेट भएका मात्र सामान बेच्ने क्रममा उल्लेख्य केही सुधार भयको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img