काठमाडौं / काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाका कृषकहरूलाई मीनी टिलर मर्मत तालिम सञ्चालन गरिने भएको छ । गाउँपालिकाले १२ दिने मीनी टिलर मर्मत तालिम प्रदान गरिने आज एक सूचना प्रकाशित गर्दै तालिम प्रदान गरिने बारे जानकारी गराएको छ ।
प्रकाशित सूचनामा भनिएको छ,पनौती प्राविधिक शिक्षालयको आ.व २०७८/७९को वार्षिक कार्यक्रम तथा बजेटमा विभिन्न व्यवसायको ९६ घण्टा (१२ दिन)को रोजगारमुलक तालिम सञ्चालन गर्ने कार्यक्रम भएको छ ।
यस गाउँपालिकाभित्रका कृषकहरुको लागि १२ दिने मीनी टिलर मर्मत तालिम सञ्चालन हुने भएकाले इच्छुक कृषक (हाते टिलर भएका कृषक मात्र) हरुले ७ दिन भित्र सम्बन्भित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।




