देशकोशी प्रदेशजग्गा विवादमा आमाको ह'त्या, छोरा पक्राउ

जग्गा विवादमा आमाको ह’त्या, छोरा पक्राउ

सुनसरी / मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको ह’त्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको ह’त्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको ह’त्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले (हिजो) सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरिएको पथरी शनिश्चरे प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिशको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img